३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रेन्च ओपन : मेडभेडेभ, चिचिपास र पाब्लोचेन्कोभा क्वार्टरफाइनलमा प्रवेश



अ+ अ-

यस वर्षको फ्रेन्च ओपनको खेलमा पुरुष एकलतर्फ ग्रीसका पाँचौं वरियताका स्टिफानोस चिचिपास  क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । चिचिपास क्वार्टरफाइनलमा प्रवेश गर्ने पहिलो खेलाडी बनेका छन् ।

उनले १२औं वरियताका पाब्लो क्यारेनो बुस्टालाई ६–३, ६–२, ७–५ ले पराजित गरेका थिए ।

रसियाका विश्व वरियताको दोस्रो नम्बरमा रहेका डानी मेडभेडेभले चिलीका २२औं वरियताका क्रिस्टियन ग्यारिनलाई ६–२, ६–१ र ७–५ ले सोझो सेटमा पराजित गरी क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

महिला सिंगल्स तर्फ बेलारुसकी ३१औं वरियताकी अनास्तासिया पाब्लोचेन्कोभा विजयी भएकी छिन् । उनले १५औं वरियताकी रसियाली भिक्टोरिया अजारेन्कालाई ७–५, ६–३, ६–२ ले हराइन् ।    

यस्तै, टमारा जिडानसेक र मार्केटा भोन्ड्रुसोभा पनि आआफ्ना खेल जित्दै क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
––