१५ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे शिक्षक हत्याः आरोपितको नामावली सार्वजनिक कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर मृत्युको प्रश्नदेखि जीवनको उत्तरसम्म : सद्गुरुसँग बितेको भावुक साँझ सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नैकापमा सुतिरहेको अवस्थामा एक महिला मृत फेला



(सांकेतिक तस्बिर)
अ+ अ-

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका १४ स्थित नयाँ नैकापमा एक महिला मृत फेला परेकी छन्।

शुक्रबार बिहान नयाँ नैकापस्थित एक घरमा उनी सुतिरहेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।

मृतक ३९ वर्षीया प्रफुला मानन्धर श्रेष्ठ घरको दोस्रो तलामा रहेको कोठाको भुइँमा लडिरहेको अवस्थामा मृत फेला परेकी प्रहरीले जनाएको छ । बिहान ९ बजेसम्म पनि ढोका नखुलेपछि हेर्न जाँदा उनी सो अवस्थामा फेला परेकी थिईन् ।

प्रहरीको अनुसार उनको शव पोस्टमर्टको लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेकोछ।