२९ आश्विन २०८१, मंगलवार
,
Latest
 ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा भदौमा उपभोक्ता मुद्रास्फीति चार प्रतिशतले कमी तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ कानुनअनुसार नै पशुपति गौशाला धर्मशाला खाली गरिन्छ: पशुपति क्षेत्र विकास कोष कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी केही बेर पक्राउ दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैँकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता देशको आर्थिक अवस्था: भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण-पूर्णपाठ सहित अनिरुद्धाचार्यले सलमानको खुट्टा छोएको तस्बिर भाइरल, नक्कली तस्बिर बनाउने अभियुक्त पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुर्किना फासोमा बिद्रोहीद्वारा गरेको आक्रमणमा कम्तीमा १३२ जनाको मृत्यु



अ+ अ-

एजेन्सी । सशस्त्र बन्दुकधारीले बुर्किना फासोको उत्तरी क्षेत्रस्थित एक गाउँमा शनिबार राति गरेको आक्रमणमा कम्तीमा १३२ जनाको मृत्यु भएको छ ।

पश्चिम अफ्रिकी मुलुक बुर्किना फासोको इतिहासमा पछिल्लो वर्षहरुमा भएको यो भयानक आक्रमण हो ।

सोल्हान गाउँमा रातको समयमा भएको आक्रमणको क्रममा स्थानीय बासिन्दाका घर तथा स्थानीय बजारमा आगजनीसमेत भएको छ ।

अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मा लिएका छैन, तर पछिल्लो वर्षहरुमा बुर्किना फासोमा इस्लामिक समूहका आक्रमण हुने गरेका छन् । विशेषगरी सीमा क्षेत्रहरूमा यस्ता आक्रमण बारम्बार हुँदै आएका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुट्रेसले घटना दुखद् भएको बताउँदै घटनाको निन्दा गर्नुभएको छ । 

घटनापछि बुर्किना फासोका राष्ट्रपति रोच काबोरीले तीन दिनको राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ । उहाँले अमानवीय घटनाहरूविरुद्ध सबै एक हुनु पर्ने पनि उल्लेख गर्नुभएको छ । 

यसअघि शुक्रबार राति भएको अर्को आक्रमणमा सोल्हान गाउँबाट १५० किलोमिटर उत्तरमा रहेको तादार्यात गाउँमा १४ जनाको ज्यान गएको थियो । गएको महिना बुर्किना फासोको पूर्वी क्षेत्रमा भएको आक्रमणमा ३० जनाको ज्यान गएको थियो ।

बुर्किना फासोमा अहिले गम्भीर सुरक्षा चुनौतिको अवस्था छ । गएको मे मा आर्मीले विद्रोही विरुद्ध बिस्तारित तहको प्रतिकारात्मक कारवाही सुरु गरे पनि हिंसा रोक्न भने सकेका छैनन् ।