२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना

गलत समाचार दिने जुनसुकै मिडियाप्रति काउन्सिल कडारूपमा प्रस्तुत हुन्छः अध्यक्ष बस्नेत

गलत समाचार दिने जुनसुकै मिडियाप्रति काउन्सिल कडारूपमा प्रस्तुत हुन्छः अध्यक्ष बस्नेत
अ अ+ अ-

काठमाडौं । प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार आचारसंहिताको उल्लङ्घन गरी गलत ढङ्गबाट बनावटी समाचार बनाएर भ्रम छर्ने जुनसुकै मिडियाप्रति कडारूपमा प्रस्तुत हुने बताउनुभएको छ ।  

सञ्चारग्रामस्थित काउन्सिलमा आज सपथग्रहण र पदबहाली गर्दै उहाँले राज्यका उच्च ओहोदामा भएका व्यक्तिलाई जथाभावी गालीगलौज गर्नेलाई पनि कारबाहीको दायरामा ल्याइने स्पष्ट पार्नुभयो । केही बेथितिका कारणले पत्रकार र गैरपत्रकार  छुट्याउन गाह्रो भैरहेको तथा अनलाइनका नाममा खुलेका कतिपय पोर्टलहरूले विकृति फैलाएको भन्दै उहाँले अब अनुगमन कडाइका साथ गर्ने उल्लेख गर्नुभयो ।  

उहाँले मुलुकमा बढ्दै गएको छाडा पत्रकारिताको अन्त्य गर्नु आफ्नो पहिलो प्राथमिकता हुने स्पष्ट पार्नुभयो । सञ्चारमाध्यम र सञ्चारकर्मीको सङ्ख्या बढ्नु खुशीको कुरा भएको सुनाउँदै उहाँले पत्रकारले जिम्मेवार र मर्यादित भएर काम गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो । 

“काउन्सिल राम्रो संस्था हो भन्ने आभास दिलाउने गरी काम गर्छु”, अध्यक्ष बस्नेतले भन्नुभयो, “आफूले काम नगरी अरुलाई दोष दिने प्रवृत्ति हावी छ, यसलाई कम गर्न मेरो प्रयास रहन्छ ।” पत्रकारितामा विकृति विसङ्गति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले त्यसलाई हटाउन जरुरी रहेको उल्लेख गर्नुभयो । केही गैरजिम्मेवार व्यक्तिका कारण समाजले सञ्चारकर्मीलाई हेर्ने दृष्टिकोण नै नकारात्मक बन्दै गएको उहाँको भनाइ थियो । 

“पत्रकारितालाई बदनाम गराउने व्यक्तिहरुका कारण सक्रिय पत्रकार आजित छन्”, उहाँले भन्नुभयो, “पछिल्लो समय वास्तविक पत्रकारलाई काम गर्न मुस्किल भएको छ, अब काउन्सिल यसमा गम्भीर भएर लाग्छ ।” केहीले अनलाइन र युट्युवका नाममा समग्र पत्रकारितालाई नै बदनाम गर्ने काम गरिएको भन्दै अध्यक्ष बस्नेतले काउन्सिलले त्यस्ता व्यक्ति र संस्थामाथि निगरानी गर्ने स्पष्ट गर्नुभयो । कसले कहाँबाट के कसरी अनलाइन र युट्युव सञ्चालन गरिरहेका छन् ? कुनै अत्तोपत्तो नै नभएको सुनाउँदै उहाँले ती सबैलाई वैधानिक र मर्यादितरुपमा सञ्चालन गराउन काउन्सिलले कदम चाल्ने बताउनुभयो । 

वास्तविक सञ्चारमाध्यम र सञ्चारकर्मीको श्रीवृद्धिका लागि कदम चाल्ने आफ्नो सोच रहेको उहाँको भनाइ थियो । लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन तथा राज्यबाट बढीभन्दा बढी सुविधा दिलाउन काउन्सिलले पहल गर्ने अध्यक्ष बस्नेतले उल्लेख गर्नुभयो । पछिल्लो समय सञ्चारकर्मीको ध्यान सधैँ नकारात्मक समाचारमा बढी ध्यान केन्द्रित हुने गरेको प्रति चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो, 
“आचारसंहितालाई लत्याउँदै समाजमा अफवाह फैलाउने कार्य बन्द गर्नुपर्छ, काउन्सिल यसमा गम्भीर छ, अटेर गर्नेलाई ऐन अनुसार दण्डको भागिदार बनाउँछौँ”, उहाँले भन्नुभयो । सञ्चारमाध्यमको प्रवद्र्धन आवश्यक भएको सुनाउँदै अध्यक्ष बस्नेतले वैज्ञानिक वर्गीकरण गरी बढीभन्दा बढी सेवा सुविधा दिलाउन आफूले सक्दो पहल गर्ने बताउनुभयो । सरकारले काउन्सिलको महत्व बुझेर नै समयमै अध्यक्ष पदमा नियुक्ति गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले सरकार प्रेस स्वतन्त्रताको पक्षमा भएको स्पष्ट पार्नुभयो । 

कोभिड–१९ को महामारीका कारण सञ्चारकर्मीले अनेकन समस्या झेल्नु परिरहेको उल्लेख गर्दै उहाँले त्यसका लागि काउन्सिलले सहयोगी भूमिका निर्वाह गर्ने बताउनुभयो । कोभिड–१९ का कारण ज्यान गुमाउने सञ्चारकर्मीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँले कोरोनाबाट सङ्क्रमित  भइ उपचार गराइरहेकाको श्वास्थ्यलाभको कामना गर्नुभयो । सङ्क्रमितको उपचारका लागि काउन्सिलले पहल गर्ने उहाँले र राहत तथा सङ्क्रमण खेपिरहेकाको हकमा उपचार जरुरी भएको जानकारी दिनुभयो । 

कार्यक्रममा काउन्सिलका सदस्यसचिव गोगनबहादुर हमालले युवा क्षमतालाई खेर जान नदिइ सिङ्गो टिम संस्थाको भलाइका लागि लाग्ने बतानुभयो । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव गोविन्द चौलागाईँले पत्रकारिताको क्षेत्रमा काम गर्ने निकाय काउन्सिल र महासङ्घबीच  सहकार्य हुने बताउनुभयो । काउन्सिलका सदस्य दीपक पाण्डेले लामो समयपछि काउन्सिलले अध्यक्ष पाएको भन्दै महासङ्घसँग भन्दा पनि काउन्सिलसँग पत्रकारको बढी अपेक्षा हुने गरेको बताउनुुभयो ।
     
दोलखाको भीमेश्वर नगरपालिका–५ घर भएका बस्नेतलाई मन्त्रिपरिषद्को बैठकले गत बिहीबार काउन्सिलको अध्यक्षमा नियुक्त हुनुभएको हो । उहाँलाई शुक्रबार तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रालयमा आयोजित कार्यक्रममा अध्यक्षमा नियुक्तिपत्र हस्तान्तरण गर्नुभएको थियो । उहाँ प्रेस काउन्सिल ऐन, २०४८ को दफा ६ उपदफा १(क) बमोजिम चार वर्षका लागि नियुक्त हुनुभएको हो ।

विसं २०५२ सालमा ‘छलफल’ साप्ताहिकबाट पत्रकारिता आरम्भ गर्नुभएका उहाँले २०५७  सालमा ‘कान्तिपुर दैनिक’मा आवद्ध भइ सो संस्थाको जिल्ला ब्युरो प्रमुख भइ काम गर्नुभएको थियो । पछिल्लो समय उहाँ नेपाल टेलिभिजनको सञ्चालक समितिको सदस्य तथा ‘खुला नेपाल’ अनलाइनको सल्लाहकार सम्पादकको भूमिकामा रहनुभएको थियो । अध्यक्ष बस्नेतले आमसञ्चार र राजनीति शास्त्रमा स्नातकोत्तर तथा कानूनमा स्नातक तह उत्तिर्ण गर्नुभएको छ ।