१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको सचिवालय बैठक बस्दै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी मुख्यालय च्यासल, ललितपुरमा बिहान साढे ११ बजे बैठक बस्न लागेको हो ।

आजको बैठक वार्षिक कार्यसूचीलाई अन्तिम रुप दिन तथा केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्नका लागि बस्न लागेको हो । गत वैशाखमा बसेको केन्द्रीय कमिटीको बैठकले गत फागुनदेखि वैशाखसम्म चलेको ‘मिसन ग्रासरूट’ अभियान प्रभावकारी भएकाले थप एक वर्षसम्म केन्द्रीय सदस्यहरूलाई त्यसरी परिचालन गर्ने केन्द्रीय कमिटीको निष्कर्ष थियो।

एमालेले २०८० चैत मसान्तभित्रमा सबै तहगत कमिटीका अधिवेशन सक्ने कार्ययोजना बनाएको छ। त्यस्तै असार १ गतेदेखि ‘मिसन ग्रासरूट’ थप विस्तार गर्ने लक्ष्यसहित संगठन सुदृढीकरण र परिचालनको नयाँ कार्ययोजना पनि एमालेले बनाएको छ । आज बस्ने सचिवालय बैठकले केन्द्रीय सदस्यहरूको नयाँ कार्यविभाज गर्ने छ ।