६ भाद्र २०८३, शनिबार
,
Latest
काँग्रेस महाधिवेशन मंसिरपछि सार्न मिल्दैन, सर्वोच्चले यसलाई बुझ्छः उपसभापति शर्मा प्रदीप गिरीको स्मृतिमा नेपाली काँग्रेसद्वारा ‘फेलोसिप’ र निवन्ध पुरस्कार घोषणा लोकतन्त्रलाई लयमा फर्काउन र बरालिएको व्यवस्थालाई व्यवस्थित् गर्न अग्रगामी मोर्चाको हस्तक्षेपकारी भूमिका : प्रभु साह रसुवाको नयाँ ‘टुरिस्ट हब’ बन्दै भाङ्गे झरना-फोटो फिचर कामपाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण म्यान्माको गुम्बामा भएको हवाई आक्रमणमा १४ जनाको मृत्यु लागुऔषधसहित तीन जना पक्राउ पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’ बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु एमालेले मानेको जबज भनेको पुँजीवाद हो- झलनाथ खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ एन्फाले एक विज्ञप्ति निकालेर निर्धारित तालिका अनुसार शुक्रबार बिहान दशरथ रङ्गशालामा प्रशिक्षण हुने र त्यसपछिको प्रशिक्षण स्थगित गरिएको जनाएको छ ।

भारतमा हुने १४औँ संस्करणको पुरुष साफ च्याम्पियनसिप र त्यसअघि फिलिपिन्ससँगको मैत्रीपूर्ण खेलका लागि बिहीबारदेखि प्रशिक्षण सुरु भएको थियो । तर, शहीद स्मारक ‘ए’ डिभिजन लिग खेलिरहेका १० वटा क्लबले लिग सकिएपछि मात्र आफ्ना खेलाडीलाई बन्द प्रशिक्षणमा पठाउने निर्णय गरेपछि एन्फाले प्रशिक्षण स्थगित गरेको हो ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मङ्गलबार ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका थिए । साफ च्याम्पियनसिप आगामी असार ६ गतेदेखि १८ गतेसम्म बेङ्गलुरुमा हुनेछ ।