१७ असार २०८३, बुधबार
,
Latest
सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन हवाई इन्धन सस्तो भएसँगै आन्तरिक उडानको भाडा घट्यो, नयाँ दर आजैदेखि लागू राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँः मन्त्री पौडेल १०० दिनमा उद्योग मन्त्रालयका उपलब्धि सार्वजनिक, प्रधानमन्त्री कार्यालयमा प्रगति विवरण पेस ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै… ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा नेपाल कानुन समाजका लेखा प्रमुख गणेशमान प्रधानलाई पत्नी शोक शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन रास्वपाका तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन विदेशस्थित जनसम्पर्क समितिलाई कांग्रेस निर्वाचन समितिको निर्देशन, प्रतिनिधिको उपस्थितिमै महाधिवेशन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत किन गए बालेन शाह ?



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको औपचारिक भारत भ्रमणकै छेकोमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह भारत गएको विषयले यतिबेला सामाजिक सञ्जाल तातेको छ । शाह मात्रै होइन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि यति बेला कामको सिलसिलामा भारतको मुम्बईमा हुनुहुन्छ ।

प्रधानमन्त्री दाहालको भारत भ्रमणकै अवसरमा यी दुई पछिल्लो समयमा चिर्चित राजनीतिज्ञको भारत भ्रमणलाई लिएर टिकाटिप्पणी हुन थालेको छ । रास्वपा सभापति लामिछानेले आफ्नो भ्रमण पूर्वनिर्धारित भएको भन्दै सामाजिक सञ्जालमा स्पष्टीकरण दिनुभएको छ भने काठमाडौँ महानगरका प्रमुख शाह भने आफ्नो पीएचडीका लागि कागजपत्र लिन बैंग्लोर गएको खुलेको छ ।

प्रमुख शाहले काठमाडौँ विश्वविद्यालयबाट पीएचडी गर्न लागेको र आवश्यक कागजात लिन आफू अध्ययन गरेको कलेजमा पुगेको जानकारी प्राप्त भएको छ । काठमाडौँ विश्वविद्यालयले कागजपज्ञ बुझाउने अन्तिम दिन आजलाई तोकेकाले महानगर प्रमुख शाह श्रीमति लिएर भारत पुग्नुभएको हो ।

प्रमुख शाहले कन्जरभेसन अफ नेवा स्ट्रक्चर अफ काठमाडौँ भ्याली टु प्रमोट टुरिजम एण्ड इकोनोमी विषयमा पीएचडी गर्दै हुनुहुन्छ ।

यता रवि लामिछानेले भने मुम्बई पुगेर शान्त बिद्रोह गर्न जनतालाई आह्वान गर्नुभएको छ । उहाँले भन्नुभएको छ ।

प्रिय रास्वपा परिवारका साथीहरू, म पुर्वनिर्धारित, पुर्णतः गैर राजनीतिक र नितान्त निजी कामले मुम्बईमा छु। नेपाली जनताले ठुलो आशा भरोसा बोकेर हामीलाई संसदमा पठाएका हुन्। यो हाम्रो जागिर होइन, बिद्रोह हो। हामीले जनताको बाहेक कसैको आवज सुन्नु पर्दैन। मुलुकको हित बाहेक हामीले कसैको हितलाई ध्यान दिनु पर्दैन। ३ वटा कुरा नबिर्सौं।
१) हामी किन राजनीतिमा आयौं।
२) हामीलाई नेपाली जनताले किन भोट दिए।
३) ८४ सालमा जनता हामीलाई कहाँ हेर्न चाहन्छन् ।
शान्त विद्रोहका चरणवद्द कार्यक्रमहरु शुरु गर्नु होला तर जनताले रतिभर दुख नपाउन्। आइतबार पछि म जोडिने नै छु।
योग्य हुदा हुदैपनि अनागरिक हुन वाध्य पारिएका कयौं पीडित नेपालीहरुले आफ्नो नागरिकताको अधिकार प्राप्त गर्नु पर्छ भन्ने कुरामा हाम्रो कहिल्यै, कहिँ बिमती थिएन, छैन। र हामी नेपाली महिलाहरुलाई ‘पतिको पहिचान नखुलेको’ लेख्नु पर्ने अपमानजनक प्रावधानको विपक्षमा छौं। आम शुभेच्छुकहरुले हाम्रो विज्ञप्ति राम्ररी, पुरै पढ्ने प्रयास गरिदिनु होला।




भर्खरै