१२ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

हज यात्रीको पहिलो टोली आज प्रस्थान गर्दै



file
अ+ अ-

काठमाडौं । साउदी अरेबियाको मक्का मदिनामा हज गर्न जाने मुस्लिम समुदायको पहिलो समूह आज त्यसतर्फ प्रस्थान गर्दैछ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दुई सय ६८ जनालाई राति १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गर्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।

मुस्लिम जनसङ्ख्याको शून्य दशमलव ०१ प्रतिशतलाई प्रत्येक वर्ष हज गर्न जाने कोटा सुविधा छ । विभिन्न समूह गरी २४ गतेसम्ममा यस वर्षका झण्डै एक हजार एक सय ८० हजयात्री साउदी अरेबिया पुग्ने गृहमन्त्रालयले जनाएको छ । उहाँहरू ४५ दिनसम्मको हजपछि स्वदेश फर्किनुहुनेछ । नेपालमा मुस्लिमको जनसङ्ख्या १२ लाखको हाराहारीमा रहेको जनाइएको छ ।

नेपाल हज समिति, सचिवालयका सदस्यसचिव एवं गृह मन्त्रालयका उपसचिव विश्व कुइँकेलका अनुसार हज समितिको सिफारिसका आधारमा हज यात्रीको छनोट हुने गर्दछ । रासस