२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हज यात्रीको पहिलो टोली आज प्रस्थान गर्दै



file
अ+ अ-

काठमाडौं । साउदी अरेबियाको मक्का मदिनामा हज गर्न जाने मुस्लिम समुदायको पहिलो समूह आज त्यसतर्फ प्रस्थान गर्दैछ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दुई सय ६८ जनालाई राति १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गर्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।

मुस्लिम जनसङ्ख्याको शून्य दशमलव ०१ प्रतिशतलाई प्रत्येक वर्ष हज गर्न जाने कोटा सुविधा छ । विभिन्न समूह गरी २४ गतेसम्ममा यस वर्षका झण्डै एक हजार एक सय ८० हजयात्री साउदी अरेबिया पुग्ने गृहमन्त्रालयले जनाएको छ । उहाँहरू ४५ दिनसम्मको हजपछि स्वदेश फर्किनुहुनेछ । नेपालमा मुस्लिमको जनसङ्ख्या १२ लाखको हाराहारीमा रहेको जनाइएको छ ।

नेपाल हज समिति, सचिवालयका सदस्यसचिव एवं गृह मन्त्रालयका उपसचिव विश्व कुइँकेलका अनुसार हज समितिको सिफारिसका आधारमा हज यात्रीको छनोट हुने गर्दछ । रासस