९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेन: एमाले



file
अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा नराखेको आरोप लगाएको छ ।

स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले बिहीबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य क्षेत्रका लागि कुल बजेटको ४.८ प्रतिशत छुट्याएको र यो पछिल्लो ६ वर्ष यताकै कमजोर कम भएको जनाउनु भएको छ ।

एमालेले स्वास्थ्य क्षेत्रमा सरकारले बिनियोजन गरेको बजेट विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को मान्यताविपरीत भएको समेत जनाएको छ।बिज्ञप्तिमा भनिएको छ ‘विश्व स्वास्थ्य संगठनले कुनै पनि मुलुकको कुल बजेटको न्यूनतम १० प्रतिशत स्वास्थ्यमा लगानी गर्नुपर्ने मान्यता अघि सारेको छ।

सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत गरेको बजेटले उपरोक्त मान्यतालाई आत्मसात् गर्न सकेको छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘आगामी वर्षका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब ९९ करोड १८ लाख छुट्याइएको छ जुन संघ, प्रदेश र स्थानीय तहको एकमुष्ट रकम हो । यो विनियोजन चालू वर्षभन्दा करिब १९ अर्बले कमी हो। नेकपा (एमाले)को सरकारले प्रस्तुत गरेको बजेटमा ८६ प्रतिशतसम्म आर्थिक वर्ष २०७८/०७९ पुगेको बजेटलाई क्रमश: बढाउनुपर्नेमा घटाएर हाल ४.८ प्रतिशतमा सीमित गरेको छ।’
बिज्ञप्तिको पूर्णपाठ