५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेन: एमाले



file
अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा नराखेको आरोप लगाएको छ ।

स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले बिहीबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य क्षेत्रका लागि कुल बजेटको ४.८ प्रतिशत छुट्याएको र यो पछिल्लो ६ वर्ष यताकै कमजोर कम भएको जनाउनु भएको छ ।

एमालेले स्वास्थ्य क्षेत्रमा सरकारले बिनियोजन गरेको बजेट विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को मान्यताविपरीत भएको समेत जनाएको छ।बिज्ञप्तिमा भनिएको छ ‘विश्व स्वास्थ्य संगठनले कुनै पनि मुलुकको कुल बजेटको न्यूनतम १० प्रतिशत स्वास्थ्यमा लगानी गर्नुपर्ने मान्यता अघि सारेको छ।

सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत गरेको बजेटले उपरोक्त मान्यतालाई आत्मसात् गर्न सकेको छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘आगामी वर्षका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब ९९ करोड १८ लाख छुट्याइएको छ जुन संघ, प्रदेश र स्थानीय तहको एकमुष्ट रकम हो । यो विनियोजन चालू वर्षभन्दा करिब १९ अर्बले कमी हो। नेकपा (एमाले)को सरकारले प्रस्तुत गरेको बजेटमा ८६ प्रतिशतसम्म आर्थिक वर्ष २०७८/०७९ पुगेको बजेटलाई क्रमश: बढाउनुपर्नेमा घटाएर हाल ४.८ प्रतिशतमा सीमित गरेको छ।’
बिज्ञप्तिको पूर्णपाठ