२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र क्षेत्रलाई सरकारले उपेक्षा गर्‍यो: भुवन केसी



file photo
अ+ अ-

काठमाडौँ । चलचत्रि विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रलाई सरकारले उपेक्षा गरेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा एक कार्यक्रममा बोल्दै उहाँले बोर्डले आवश्यक ठानेर पठाएको मागलाई बेवास्ता गर्दै सरकारले बजेटमा चलचित्र क्षेत्रलाई उपेक्षा गरेको बताउनुभएको हो ।

उहाँले नेपाली चलचित्रको प्रवद्र्धनका लागि स्टुडियो बनाउने कुराले खुशी बनाएपनि बोर्डले विज्ञ र सम्बन्धित संस्थाहरुसँग छलफल गरी बजेट निकासा गर्न आग्रह गरेको फाइलअनुसार अर्थ मन्त्रालयले चलचित्र क्षेत्रका लागि बजेट नदिएको बताउनु भयो । उहाँले बजेटमा सरकारले विदेशी चलचित्र आयात गर्ने कुरामा ५ प्रतिशत कर लगाउनुपर्ने कुरालाई बेवास्ता गर्दै १ प्रतिशत मात्रै लगाउने नीति लिएकोप्रति पनि असन्तुष्टि जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली चलचित्रको प्रवद्र्धनका लागि स्टुडियो आवश्यक छ । एउटा स्टुडियो पनि नभएको अवस्थामा दुई वटा स्टुडियो अवधारणा आयो, त्यो सुन्ने बित्तिकै हामी हर्षित भयौँ, एउटा काभ्रो र अर्को दोलखाको । सरकारप्रीत हामी खुशी भयौँ । अर्को विदेशी चलचित्र आयात गर्ने बारेमा हामी सबैले छलफल गरेर सुझाव दिएका थियौँ की, विदेशी चलचित्रको शुल्क ५ प्रतिशतसम्म गरियोस् वा एक लाखसम्म गरियोस् भन्ने माग थियो । तर त्यसमा आउँदा १ प्रतिशत मात्रै आयो ।

हामीले चलचित्र सम्बन्धी आवश्यक कुरा मन्त्रालयमा बढाएका छौँ । यस बारेमा जानकारी लिँदा अर्थ मन्त्रालयसम्म पुगेको रहेछ । अर्थ मन्त्रालयबाट हामीले पठाएको माग भन्दा ठिक उल्टो गरी आएको छ । प्रधानमन्त्रीज्यु भारतभ्रमणबाट आउनेबित्तिकै यसबारेमा कुरा गर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्रीले आश्वासन दिनुभएको छ।’

अध्यक्ष केसीले चलचित्र क्षेत्रलाई सरकारबाट चासो नदिएकोप्रति प्रधानमन्त्रीको भारत भ्रमणपछि विस्तृत रुपमा छलफल गर्ने बताउनु भयो ।