९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

चलचित्र ‘मीरा: स्याडो अफ अ रेन्बो’को फर्स्टलुक पोस्टर सार्वजनिक

चलचित्र ‘मीरा: स्याडो अफ अ रेन्बो’को फर्स्टलुक पोस्टर सार्वजनिक
अ अ+ अ-

काठमाडौँ।नेपाली चलचित्र ‘मीरा: स्याडो अफ अ रेन्बो’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । एक बच्चामा देखिएको अस्वभाविक सजग मानसिक स्थिति (अटिजम)को समस्या र कसैसँगको प्राईभेट सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्षपूर्ण कथामा बनेको यो चलचित्रको पोस्टरमा दुई महिला र एक बालकलाई राखिएको छ । पोस्टरमा नायिका सुरविना कार्की, अनिता पण्डित र बाल कलाकार आश्वि घिमिरेलाई राखिएको छ ।

चलचित्रकी निर्देशक अनिता पण्डितले सार्वजनिक पोस्टरले यो चलचित्रको थिम बुझाउने बताईन् । उनले भनिन्, ‘अटिजम भनेको कुनै रोग होईन । यो कहिल्यै ठिक नहुने भन्ने सोचको विरुद्द हामीले चलचित्रमा कथा उठान गरेका छौँ । अटिजम एक अवस्था मात्र हो र यो अवस्थामा रहेका बच्चालाई आफैले सामान्य अवस्थामा ल्याउन सकिन्छ भन्ने प्रसंग चलचित्रमा पाईन्छ ।’ उनले रिलेशनसिपलाई एक्सप्लोर गर्न चाहने एक आमाको संघर्ष पनि चलचित्रमा रहेको बताईन् ।

उनले भनिन्, ‘प्राकृतिक रुपमा नै फरक महशुस गर्ने महिलाहरुको कथा समेत यस चलचित्रमा रहेको छ । बच्चाको अटिजम समस्यासँगै रिलेशनसिप एक्सप्लोर गर्न चाहने आमाको कथा यसको प्रमूख कथा हो ।’यो चलचित्रमा अभिनयसँगै लेखन र निर्देशन पण्डितको रहेको छ ।

यस चलचित्रमा सुरविना कार्की, निशान चौहान, कैलाश रावल र रोशनी कार्कीको पनि प्रमूख अभिनय रहेको छ । आश्वि फिल्मसले चलचित्र निर्माण गरेको हो । पोस्टरमा रिलिजबारे भने केहि खुलाईएको छैन ।