९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

काँग्रेस भित्रका सबै गुटहरुलाई भत्काउनुपर्छ: महामन्त्री थापा

काँग्रेस भित्रका सबै गुटहरुलाई भत्काउनुपर्छ: महामन्त्री थापा
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्रका सबै गुटहरुलाई भत्काउनुपर्ने बताउनुभएको छ । बिहीवार नेपाल

छापाखाना तथा सञ्चार सम्वद्ध श्रमिक संघको आयोजनामा काठमाडौंमा भएको ‘आजको राजनीतिक अवस्था र ट्रेड युनियन’ विषयक विचार गोष्ठिमा बोल्दै महामन्त्री थापाले काँग्रेस पुर्ननिर्माणका निम्ति सबै गुटहरुलाई भत्काउनुपर्ने बताउनुभएको हो । उहाँले काँग्रेसलाई सुधार्नका लागि सबै गुटहरु भत्काउनु आवश्यक रहेको बताउनु भयो । उहाँले काँग्रेसभित्र अब परिवर्तन चाहने र परिवर्तन रोक्नेहरुबीच दुई गुट मात्रै बनाउनुपर्ने भन्दै विगतका जो कोही दाईहरुको साथ छोड्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘आजको दिनमा नागरिकलाई सोध्यो भने कुशासन, भ्रष्टाचार, बेथिति यो तीनवटा कुराबाट ऊ आजित छ । पार्टीसँग मान्छे जोडिने भनेको आशाले जोडिने रहेछ । पार्टीले भविष्यप्रति आशावादी बनायो भने मान्छे आउँछ । कुशासन, बेथिति, भ्रष्टाचार छ । नेपाली काँग्रेसले कुशासन, बेथिति, भ्रष्टाचार म हटाउँछु र तिमीलाई आजभन्दा भोलि राम्रो बनाउँछु । राम्रो अवसर दिन्छु भनेर आश्वस्त पार्नसक्यो भने यो पार्टीको घर भरिन्छ । नयाँ मान्छे आउँछन् । नआउने कुरै छैन । काँग्रेस कमजोर हुने कुरै छैन । यो पार्टीको पुन:निर्माण सम्भव छ । हामी बनाउने हो यसलाई । तर कसरी सम्भव छ भने यो कोठाभित्र मान्छेलाई पस्न मन लाग्ने हामीले बनाउनुपर्ने छ ।

उसले हाम्रो अनुहार देख्दैगर्दा हामीलाई हेरेर भविष्यप्रति आश्वस्त होस् न । मेरो आग्रह छ, नेपाली कांग्रेस पार्टीभित्र अब यसलाई सुधार्ने हो भने काँग्रेसभित्र हामीले भएको गुट सबै भत्काउनुपर्छ । जम्मा काँग्रेसमा दुईवटा गुट छ भन्ने बनाउँ । जम्मा दुईवटा गुट काँग्रेसमा अब । एउटा गुट काँग्रेसमा परिवर्तन चाहने गुट । एउटा गुट परिवर्तन रोक्ने गुट । यो दाई, त्यो दाई सबै छोडिदिनुहोस् । हिजो को दाईसँग को लाग्यो सब बिर्सौं अब । हिजो एउटा अवस्था थियो । अब काँग्रेसभित्र काँग्रेस बदलेर छोड्ने एउटा गुट, होइन बदल्न मिल्दैन कहाँ दाईहरु रिसाउनुहुन्छ भन्ने हो भने त्यो अर्को गुट । जो दाईसँग लाग्छ दाईसँगै जाने । जो आउँछ त्यो सँगसँगै जाने । गर्दै जाने, काम गर्दै जाने । यो बाटो बनाउन सकियो भने पार्टी बाँच्यो । पार्टी बचाउने हो ।’

महामन्त्री थापाले नागरिकहरु कुशासन, भ्रष्टाचार र बेथितिका कुराहरुबाट आजित रहेको उल्लेख गर्दै काँग्रेसले यि तीन कुराहरुलाई हटाउँछ भन्ने विश्वास दिलाउन सक्नुपर्ने बताउनु भयो । उहाँले काँग्रेसले मानिसहरुलाई भविष्यप्रति आश्वस्त पार्न सकेमा मात्रै नयाँ मानिसहरु पार्टीमा आउने बताउनुभयो । उहाँले कांग्रेसको पुन:निर्माण सम्भव भएको बताउनु भयो ।