९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण गर्नु संविधान विपरित: झलनाथ खनाल

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण गर्नु संविधान विपरित: झलनाथ खनाल
file photo
अ अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण गर्नु संविधान विपरित भएको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कुनैपनि विधेयक संसदले पास गरेपछि त्यसलाई प्रमाणकीकरणका लागि पठाउने अधिकारी भनेको संसदको सभामुख मात्रै हुने बताउनु भयो । उहाँले मन्त्रीपरिषद्को बैठकबाट पास गरेर प्रमाणीकरण गराउनु संविधानको विपरित भएको बताउनु भयो ।

उहाँले भामुखले पठाएको विधेयकलाई १५ दिन भित्रमा प्रमाणकीरण गर्नुपर्ने र प्रमाणीकरण नभए विधेयक जीवित नहुने स्पष्ट पार्नुभयो । उहाँले एउटा अधिवेशनमा विधेयक प्रमाणीकरण भएन भने जस्ताको त्यस्तै राष्ट्रपति समक्ष विधेयक जान नसक्ने स्पष्ट पार्नुभयो । उहाँले सरकारले कानून मिचेर विधेयक प्रमाणीकरणका लागि पठाएको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘कुनैपनि विधेयक संसदले पास गरेपछि त्यसलाई प्रमाणकीकरणका लागि पठाउने अधिकारी भनेको संसदको सभामुख हुन्छ । के यो अहिलेको नागरिकता सम्बन्धी विधेयक संसदको सभामुखले पठाएको हो ? थाहा छैन । यो त पहिल्यै पठाएको हो । अनि यसरी सभामुखले पठाएको विधेयकलाई १५ दिन भित्रमा प्रमाणकीरण गर्नुपर्छ, कहिले पठाएको हो, यो जिउँदो छ की छैन, जिउँदो हुन कति समय चाहिन्थ्यो, त्यो समय पार भएपछि यो जिउँदो हुँदैन ।

तर अहिले प्रमाणीकरण भयो । कुनै एउटा विधेयक एउटा सेसनबाट पास भयो, तर यसले विधेयकको रुपमा प्रमाणीकरण नगरीकन हुँदैन । विधेयक पास भएर प्रमाणीकरण हुँदैन । एउटा अधिवेशनमा विधेयक प्रमाणीकरण भएन भने जस्ताको त्यस्तै जान सक्दैन । अर्कोमा फेरि लैजानुपर्छ । अहिले पुन: संसदमा लगेर छलफल गरेर, त्यहाँबाट पास गरेर सभामुखले प्रमाणीकरण गरेर पठाउनु पर्दथ्यो, तर त्यो भएन, कानून मिचेर । आवश्यक थियो होला, तर संविधान मिचेर कुनै काम हुनु हुँदैन ।’

पूर्वप्रधानमन्त्री खनालले टिकापुर घटनामा दोषी ठहर भइ सजाय काटिरहेका रेशम चौधरीलाई गणतन्त्र दिवसको दिन आम माफी दिनु गलत भएको बताउनु भयो । उहाँले जिल्ला, उच्च र सर्वोच्च अदालतले अपराधी करार गरी जेल सजाय सुनाएकाले राजनीतिक विषय हो भन्ने बनाएर उन्मुक्ति दिनु गलत भएको बताउनु भयो ।

पूर्वप्रधानमन्त्री खनालले भन्नुभयो, ‘आम माफी गर्ने कसरी हो ? जेलाई पनि आम माफी गर्न सकिन्छ ? यसबारेमा छलफल गरेर अघि बढ्न आवश्यक छ । जिल्ला अदालतले अपराध भन्छ, उच्च अदालतले पनि संघीन अपराध भन्छ, सर्वोच्चले भन्छ अपराध हो, २० वर्ष कैद गर्नुपर्छ । सरकार भन्छ यो राजनीतिक कुरा हो, उहाँ निर्दोष हुनुहुन्छ, माफी देउ । मिल्यो की मिलेन ? यो मेरो दिमाग भित्र पसेको थिएन, कुनै विद्वानले पसाइदिने हो भने म त्यो विज्ञानको खोजिमा छु । म बुझ्नै नसक्ने भएँ की ? के अर्थले यो काम भएको छ ।’

पूर्वप्रधानमन्त्री खनालले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गर्दै देशमा गुण्डागर्दै सह्य नहुने चेतावनी दिनुभयो । उहाँले देशमा गुण्डागर्दी गर्दै हिँड्ने इच्छा पूरा हुन नदिने बताउनु भयो । उहाँले राजाका मान्छेहरुले आफूबिरुद्ध नाराबाजी लगाएकोप्रति आक्रोशित हुँदै राप्रपाको अध्यक्ष बनेर प्रतिष्पार्धामा आउन चुनौति दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले गणतन्त्र र गणतन्त्रका लागि लड्ने नेताहरुलाई बदनाम गर्न अभियान नै शुरु भएको छ । उनीहरुका विभिन्न कार्यक्रमलाई विथोल्ने क्रियाकलाप हुन थालेका छन् । आजको कार्यक्रममा आउँदा पनि सोच्दै थिएँ । कतै यहाँ मण्डले गुण्डाहरु त प्रवेश गर्ने होइनन् भनेर । हिजो पनि म एउटा कार्यक्रममा गएँ । त्यहाँ वामपन्थी नेताहरु भेला हुँदैछन् भनिएको थियो । म जाँदा कार्यक्रमको रुप अलि भिन्दै रहेछ । भिन्दै ढंगले सञ्चालन गर्ने कोशिस गरियो, जुन कुरासँग म सहमत छैन । तर, जेसुकै भएपनि कार्यक्रममा केही मान्छेहरुले बोल्न मागे, बोल्न दिइयो । बोल्ने क्रममा तथानाम गाली गरे । मैले यस्तो बोलियो भनेर भन्न पनि नमिल्ने छारस्ट कुराहरु भए ।

सबै पार्टीको बिरुद्ध, नेताका विरुद्ध, विशेषगरी मेराबिरुद्ध । मलाई विभिन्न आरोप लगाए । यस्तो बोल्न पाइँदैन भन्दा त गुण्डा ग्याङ नै आएको रहेछ । त्यो ग्याङले नारा लगाउन थाल्यो । विभिन्न ढंगले ‘फलाना चोर देश छोड’ भनेर नाराहरु लगाइयो । हिजो पञ्चायतकालमा लोकतन्त्रका लागि, राष्ट्रियताका लागि, न्यायका लागि लड्नेहरुका बिरुद्ध त्यतिबेलाका मण्डलेहरु आक्रमण गर्थे । तिनै मण्डलेहरु ब्युँताउन कोशिस भएको छ । ज्ञानेन्द्र राजा जिन्दावाद भन्छन् एकातिर, अर्कोतिर लोकतन्त्रका बिरुद्ध लड्ने योद्धाका बिरुद्ध तथानाम गर्छन् । मैले केही दिनअघि राजा ज्ञानेन्द्रलाई, अहिले त राजा भन्न मिलेन, भूतपूर्व राजा ज्ञानेन्द्र, अहिलेको ज्ञानेन्द्र शाहलाई, जो अहिले विभिन्न क्षेत्रमा अनेक राजनीतिक गतिविधि गर्दैछन्, यसप्रकारले समाजमा भाँडभैलो मच्चाउन कोशिस गर्नुभन्दा राप्रपा भन्ने पार्टी छ, त्यसको अध्यक्ष बनेर वा अर्को पार्टी खोलेर आए हुन्छ भनेको हुँ । हामी तपाईंसँग प्रतिष्पर्धा गर्न तयार छौं ।

गुण्डागर्दी गर्ने काम बन्द गर । बन्द गर्दैनौ भने तिमीहरुका कुनै पनि कार्यक्रम हामी देशव्यापी एउटा पनि कार्यक्रम हुन दिँदैनौं । यो कुरा सुनिराख । ज्ञानेन्द्र शाहले सुन्नुपर्ने कुरा हो यो । म ज्ञानेन्द्र शाहलाई भन्न चाहन्छु । तिम्रा यी स–साना सेनालाई मैले भन्नुपर्ने छैन । तिनीहरुले टिट फर ट्याट पाउँछन् । जहाँ जे गर्छन्, त्यही फिर्ता लिनुपर्ने स्थिति आउँछ । तर, ज्ञानेन्द्र शाहलाई भन्छु, खबरदार, यदि गुण्डागर्दी गर्ने, अराजकता मच्चाउने इच्छा छ भने यो इच्छा पूरा हुनेवाला छैन । अहिले नै हिसावकिताव हुन्छ ।नारायणहिटी दरबारमा गएर मुकुट लगाउने सपना देखेको छ भने त्यो दिउँसै आकाशतिर हेरेको दिवास्वप्नबाहेक केही होइन । तपाईंलाई थाहा हुनुपर्छ । एकपटक जन्मिसकेको बालक फेरि गर्भमा पस्न सक्दैन । अब राजा भन्ने शब्द केही मान्छेको नाममा सीमित हुनेछ । जस्तो राजा शाक्य । मेरै टोलमा हुनुहुन्छ । तर, राजतन्त्र यो देशमा फर्किनेवाला छैन । मन्दिर मन्दिर नगए पनि हुन्छ । अभिनन्दन नखाए पनि हुन्छ । केही काम छैन । राप्रपालाई दुई चार भोट बढाइदिनु छ भने बढाइदिनु । तर, विभिन्न ढंगका हर्कत गरेर लोकतन्त्रमा प्रश्न उठाउने कुनै कुरा जनताले सहँदैन ।’

पूर्वप्रधानमन्त्री खनालले सर्प पालन प्रकरणमा आफ्नो कुनै अनियमितता भेटे आफू सजाय भोग्न तयार रहेको र कुनैपनि भ्रष्टाचारका मुद्दामा आफूबाटै अनुसन्धान शुरु गर्न आग्रह गर्नुभयो ।