२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी अप्ठ्यारोमा परिसक्यो– गगन थापा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस अहिले अफ्ठ्यारो अवस्थामा गुज्रिरहेको बताउनुभएको छ ।

छापाखाना तथा सञ्चारसम्बद्ध संघको कार्यक्रममा उहाँले पार्टी नेतृत्वप्रति कार्यकर्तास्तरबाटै असन्तुष्टि आएको उल्लेख गर्दै भन्नुभयो, “अहिले पार्टीको तल्लो तहमा गएर बुझ्दा पार्टीको नेतृत्वसँगै निराश भएको छु भन्ने कुरा आउँछ।” आफू पनि पार्टीको नेतृत्वभित्र रहेको भन्दै उहाँले नेतृत्वले ठिक ढंगले काम गर्न सकिराख्नुभएको छैन भनेर आम साथीहरूले भन्ने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “काम गर्न नसकिरहेको अवस्था पनि छ। त्यो बेलामा सर्लक्क हामीले छाडेर पार्टीभित्र राम्रो हुन्छ भने त्यो बेलामा छाड्दिनुपर्छ। पार्टीको महामन्त्री भएर मैले यो भनिराख्दा पार्टीको सभापति यो भन्न तयार हुनुहुन्छ कि हुनुहुन्न भन्ने प्रश्न पनि आउँछ। त्यसमा उहाँ तयार हुनुहुन्छ ?” कार्यकर्ता तहको सुझावको आधारमा पार्टी अगाडि बढाउनुपर्ने उल्लेख गर्दै महामन्त्री थापाले भन्नुभयो, “पार्टी अप्ठ्यारोमा परेको बेलामा तल गएर सोध्ने हो, सोध्दै गर्दा जे साथीहरूले भन्छन् तालमेल गर्नुभयो ठिक भएन भन्नुभयो भने नगर्ने। अर्कोतिर नेतृत्व काम लागेन भन्नुभयो भने नेतृत्वले छाड्दिहाल्ने। जहाँ समस्या भएको छ त्यहीँबाट समाधान नखोजे पार्टी बन्दैन।” चुनाव जितेर संघदेखि प्रदेश स्थानीय तहसम्ममा नेतृत्व हुँदा समेत पार्टी कार्यकर्ता तहमा व्यापक निराशा छाएको उहाँको भनाइ थियो ।

आगामी निर्वाचनमा सबै दलहरू एकै ठाउँमा उभिए पनि कांग्रेसले चुनावअघि कसैसँग गठबन्धन नगरी एक्लै लड्नुपर्ने उहाँको धारणा थियो ।