• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु ★   उपप्रधानमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेबिसंघको प्रदर्शन– तस्बिरहरु ★   प्रधानमन्त्रीले संसद्‌मा लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्चमा रिट ★   प्रधानमन्त्रीलाई विश्वास मत दिन्छौँ, कसैले शंका नगरे हुन्छ: माधवकुमार नेपाल ★   काँग्रेसले भन्यो: झारो टार्ने संसदीय छानबिन समिति मान्दैनौँ ★   प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो, साढे ४ बजे बस्ने ★   कोशी प्रदेशमा पहिलो पटक चलचित्र महोत्सव शुरु ★   छानबिन समितिको कार्यादेश टुंगो नलागेपछि भोलिलाई सर्यो राष्ट्रिय सभा बैठक ★   घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ ★   प्लेअफमा पुग्न आरसीबीको ७ ‘चमत्कार’

नेपालले दक्षिण अफ्रिकामा स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग खेल्ने



काठमाडौं । जिम्बाब्वेमा हुने विश्वकप छनोटअघि अभ्यास खेल खेल्न दक्षिण अफ्रिका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग दुई खेल खेल्ने भएको छ ।

क्यानले बिहीबार सार्वजनिक गरेको तालिका अनुसार नेपालले दक्षिण अफ्रिकामा एक साता प्रशिक्षण गर्ने र दुई अभ्यास खेल खेल्ने छ।

नेपाली टोली हिजो बुधबार नै दक्षिण अफ्रिका पुगिसकेको छ । टोलीले आजदेखि (जुन १–७) सम्म प्रशिक्षण गर्नेछ । त्यसको लगत्तै जुन ८मा स्कटल्याण्डसँग र जुन १० मा नेदरल्याण्ड्ससँग अभ्यास खेल खेल्नेछ । दुवै खेल ५० ओभरको हुनेछन् ।

दक्षिण अफ्रिकाको खेलपछि नेपाली टोली विश्वकप छनोट खेलको लागि जिम्बाब्वे जानेछन् । विश्वकप छनोट जुन १८ देखि जुलाई ९ सम्म हुनेछ । जसमा १० टोलीले प्रतिस्पर्धामा उत्रनेछन् । नेपालले विश्वकप छनोटअघि पनि जिम्बाब्वेमा यूएई र ओमानसँग अभ्यास खेल खेल्नेछ । नेपालले जुन १३ मा यूएई र जुन १५ मा ओमानसँग अभ्यास खेल खेल्नेछ ।

विश्वकप छनोटमा समूह ए मा रहेको नेपालले जुन १८ मा पहिलो खेल घरेलु टोली जिम्बाब्वेसँग खेल्नेछ । नेपालको समूहमा जिम्बाब्वेसहित वेष्ट इन्डिज, नेदरल्याण्ड्स र अमेरिका रहेका छन् । नेपालले जुन २० मा अमेरिका, जुन २२ मा वेष्ट इन्डिज तथा जुन २४ मा नेदरल्याण्ड्ससँग खेल्नेछ ।

समूह बी मा श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, यूएई र ओमान छन् । दुवै समूहको शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् । त्यहाँबाट फाइनल पुग्ने शीर्ष दुई टोलीले अक्टोबर(नोभेम्बरमा भारतमा हुने विश्वकपमा स्थान बनाउनेछ ।