९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

प्रधानमन्त्री दाहालको भारत भ्रमण उपलब्धीपूर्ण नहुने संकेत, यस्ता छन् कारण

प्रधानमन्त्री दाहालको भारत भ्रमण उपलब्धीपूर्ण नहुने संकेत, यस्ता छन् कारण
अ अ+ अ-
काठमाडौँ । प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण भारतबाट गर्ने नेपाली प्रधानमन्त्रीको परम्परा जस्तै हो । यदि कुनै प्रधानमन्त्री भारतइतरका देशबाट औपचारिक विदेश भ्रमणको सुरुवात गरे भने त्यसलाई भारतसँगको सम्बन्ध राम्रो नभएका रुपमा अथ्र्याउने गरिन्छ । भारत पनि नेपालमा प्रधानमन्त्री बन्ने वित्तिकै निम्तो दिँदै स्वागत गर्र्न आतुर जस्तै हुन्थ्यो । तर प्रधानमन्त्रीका रुपमा झलनाथ खनाललाई भने भारतले औपचारिक भ्रमणको निम्तो नदिएको इतिहास पनि छ ।
यसपटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अवस्था अलिक फरक छ । प्रधानमन्त्री दाहाल आफैले कैयौँ पटक प्रयास गरेपछि मात्रै भारत सरकारले भ्रमणका लागि हरियो सिग्लन देखाएको हो । औपचारिक भ्रमणको निम्तो दिन त दियो तर भ्रमण उपलब्धीपूर्ण हुनेमा भने प्रधानमन्त्री आफै विश्वस्त हुनुहुन्न ।
भारत भ्रमणअघि प्रधानमन्त्री दाहालले आफूले भ्रमणका क्रममा राष्ट्रहित विपरीत कुनै पनि काम नगर्ने बताइसक्नुभएको छ । भारत भ्रमण सुरु हुनुभन्दा केही घण्टा अघि मात्रै नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिमार्फत् प्रमाणीकरण गरेको ‘शुभ समाचार’ बोकेर भारत जानुभएका प्रधानमन्त्री दाहालप्रति भारत अझै पनि विश्वस्त हुन सकेको देखिन्न ।
भ्रमण हुनुभन्दा केही दिनअघि मात्रै भारतले आफ्नो नयाँ संसदभवनमा राखेको अखण्ड भारतको तस्बिरमा लुम्बिनी र कपिलवस्तुलाई समेटेपछि राजनीतिक वृत्त अझ बढी  चलमलाएको छ । जसले दुई देशबीचको राजनीतिक सम्बन्ध खल्बल्याउने प्रयास भएको छ । यसबारे भारतीय अधिकारीहरुले अखण्ड भारत सांस्कृति भावना भएको भन्दै राजनीतिक अर्थमा नबुझ्न आग्रह गरे पनि उनीहरुको त्यो भनाइबाट कोही पनि विश्वस्त हुने आधार पनि छैन । र, नेपाली पक्ष पनि सन्तुष्ट हुन नसकेको अवस्था छ ।
प्रधानमन्त्रीको त्यो भनाइ
प्रधानमन्त्री दाहालले भारत भ्रमणको पहिलो दिनमा नेपाली दूतावासमा आयोजित रात्रि भोजका क्रममा आफ्नो भ्रमणले दुई देशबीचको सद्भावना अभिवृद्धि हुने बताइसक्नुभएको छ । यसले भ्रमण उपलब्धीपूर्ण हुनेभन्दा पनि सद्भावमा मात्रै सीमित हुने छकन देखिएको छ ।
रात्रि भोजअघि प्रधानमन्त्री दाहाल र भारतीय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश सचिव विनयमोहन क्वात्राबीचको भेटघाटपछि भ्रमण उपलब्धीपूर्ण नहुने छाँटकाँट देखिएपछि प्रधानमन्त्रीले भ्रमण सद्भावना अभिवृद्धिमा केन्द्रित हुने बताउनुभएको आँकलन गर्न गाह्रो छैन ।
प्रधानमन्त्री दाहालले भारत भ्रमणअघि मुख्य तीन वटा विषय उठान गर्नुभएको थियो । भैरहवा र पोरखास्थित अन्तर्राष्ट्रिय विमानस्थलका लागि एयर रुट, विद्युत् व्यापार र पञ्चेश्वरलगायतका परियोजना अघि बढाउने सहमति । प्रधानमन्त्रीले प्रतिनिधिसभाको बैठकमा  नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै यस विषयमा महत्वपूर्ण सहमति हुने प्रवल सम्भावना रहेको बताउनुभएको थियो ।
तर भ्रमणको दोस्रो दिनसम्म पनि भारत यी विषयमा सहमत हुन उदार देखिएको छैन । नेपालको समृद्धिका लागि यी तीन वटै विषय निकै महत्वपूर्ण छन् । यदि भारतले नेपालका नयाँ दुई अन्तर्राष्ट्रिय विमानस्थलका लागि एयर रुट दिन अस्वीकार गरेको अवस्थामा यी विमानस्थल पूर्णक्षमतामा सञ्चालन हुने अवस्था रहन्न् । अर्थात् विमानस्थल निर्माणको उद्देश्य पूरा हुने छैन । अर्बौ रुपैयाँ ऋणमा निर्माण भएका यी विमानस्थल लामो समयसम्म घाटामा सञ्चालन हुने निश्चित छ । ऋणको बोझ बढ््दै जाँदा समस्या आउने पक्का छ । किनभने नेपाल प्रवेशका लागि सिमराको प्रवेशविन्दु तीन वटै विमानस्थलका लागि पर्याप्त छैन ।
विद्युत् व्यापारको सम्बन्धमा पनि भारतले यसअघि नै चिनियाँ लगानी भएका कुनै पनि जलविद्युत् आयोजनाको विद्युत् खरिद नगर्ने स्पष्ट पारिसकेको छ । यस्तो अवस्थामा नयाँ बन्ने जलविद्युत् परियोजनामा भारतीय लगानी र भारतसँगै बजार दुवै सुनिश्चितता आवश्यक छ । अझ अमेरिकी परियोजना एमसीसीमार्फत् निर्माण गर्न लागिएको प्रसारण लाइनको औचित्य पनि भारतसँगको विद्युत् व्यापारसँग जोडिएको छ । नेपाल र बंगलादेशबीचको विद्युत् व्यापारको सम्भावना पनि भारतसँगको सहमतिसँगै जोडिने निश्चित छ ।
भारत भ्रमणका लागि सहमति हुने सम्भावना रहेको भनिएको पञ्चेश्वर परियोजना अघि बढाउने विषयमा पनि यतिबेला अन्योल थपिएको छ । परियोजनामा भएको सहमति अनुसाार महाकालीको पानी आधा(आधार हुने र भारतले प्रयोग गरिरहेको अधिक पानीको क्षतिपूर्ती नेपाललाई दिने भन्ने विषय टुंगोमा पुर्याउने विषयबाट भारतपछि हटिसकेको छ । त्यसैले यस विषयमा पनि नयाँ सहमति हुने सम्भावना तत्कालका लागि टरेको देखिएको छ । यद्यपि भारतले अन्तिम समयमा सहमति दियो भने पनि उपलब्धीका रुपमा भने हेर्न सकिन्छ ।
अरुण र फकोट कर्णाली जलविद्युत् विकाससम्बन्धी सम्झौता पनि अन्योलमा परेका छन् । कुल ६७९ मेगावाट क्षमतापको तल्लो अरुण जलविद्युत् परियोजना निर्माणको जिम्मा भारतीय कम्पनी सतलज जलविद्युत् निगमसँग सम्झौता हुने भनिए पनि त्यसमा बुधबार राति पनि सहमति जुट्न सकेको छैन । साथै ४८० मेगावाट क्षमताको फुकोट कर्णालीको विपषयमा पनि सहमति हुने अवस्था देखिएको छैन । त्यसैले प्रधानमन्त्री दाहालको लामो रस्साकस्सीपछि तय भएको जम्बो टोलीसहित भएको भारत भ्रमण सद्भाव अभिवृद्धि गर्नमा मात्रै सीमित हुने सम्भावना बढेको छ ।