२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना

अपाङ्गता परिवारमा रोगभन्दा भोकको चिन्ता

अपाङ्गता परिवारमा रोगभन्दा भोकको चिन्ता
अ अ+ अ-

गण्डकी । पोखरा महानगरपालिका–१७ रातोपहिरास्थित सेती नदीको किनारमा एउटा कोठामा यस्तो गर्मीमा पनि एक आपाङ्गसहित सात जनाको परिवार कष्टकर जीवन बिताउन बाध्य छ । कोरोना कहरका कारण रोजगारी खोसिएसँगै दैनिकी सञ्चालनमा सकस त छ नै घरमा अपाङ्गता भएका छोराका कारण उनीहरूको दैनिकी  थप कष्टकर बन्दै गएको छ । 

बन्दाबन्दीका कारण मजदुर त समस्यामा पर्नु स्वाभाविक हो तर अपाङ्गता भएका परिवाका लागि यो अभिशाप नै भएको छ । दैनिक मजदुरी गरी बिहान–बेलुकाको छाक टार्दै आएका विपन्न समुदायको परिवारमा अपाङ्गता भएका व्यक्तिको पालनपोषण झनै जटिल समस्या बनेको हो । 

काठमाडौँबाट बाल्यकालमै पोखरा आएका लक्षु थापा मगर र उनकी श्रीमती मनमायाका चार छोरा र एक नाति अहिले आर्थिक अभावसँगै एउटै कोठामा बस्दै आएका छन् । सानो एउटा कोठा जहाँ खाना पनि पाक्छ र सातै जना सुत्ने गर्छन् ।

जेठ महिनाको रापिलो गर्मीमा कोरोनाका कारण रोजगारी गुमेपछि जस्ताले छाएको कोठामा खोरमा झैँ थुनिएर बस्नुपर्दाको पीडा सुनाउने पनि कोही नभएपछि यतिखेर लक्षुको परिवार निकै चिन्तामा छ । 

चारमध्ये कान्छो १८ वर्षीय छोरा पूर्णे थापा मगर भने पूर्णरूपमा अपाङ्ग हुनुहुन्छ । जन्मजात अपाङ्ग भएका पूर्णे बोलचाल हिँडडुल केही गर्नुहुन्न, उहाँको दिसापिसाब स्याहार्नु आमा मनमायाका लागि दैनिकी जस्तै बनेको छ । अपाङ्ग पूर्णेले सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता भने पाउने भएकाले पनि सो परिवारलाई ठूलै राहत पुगेको छ ।

“यसै त दुःख छ नै, त्यसमाथि एउटा छोरो अपाङ्ग हुँदा हामी धेरै चिन्तामा छौँ”, दुखेसो व्यक्त गर्दै ५० वर्षीय मनमायाले भन्नुभयो, “न बोलीचाली, न हिँडडुल । के गर्नु नियति नै यस्तै रहेछ ।”

उहाँ भन्नुहुन्छ, “हामी जस्ता विपन्न तथा असहायलाई समस्या त परेको छ नै यस्तो बेलामा अपाङ्गताका लागि अझै कष्टकर हुनेरहेछ । परिवारका अरु सदस्यले त आफैले खाना खान सक्छन् तर यसले आफैँ खान पनि सक्दैन, त्यसैले भान्छामा जेजस्ता पाकेको छ पहिला कान्छो छोरालाई खुवाउने गरेकी छु ।”
 
पूर्णे सानो थियो र दिसा पिसाब गराउँदा बोकेर लैजान सजिलो हुन्थ्यो । अहिले आफूभन्दा ठुलो भइसकेकाले बोक्नसमेत गाह्रो हुने गरेको उहाँले बताउनुभयो । “सन्तानको माया लाग्दो रहेछ, सकिनसकी उचाल्ने गरेकी छु”, उहाँले भन्नुभयो ।

आर्थिक अवस्था कारुणिक भए पनि कोही कसैबाट भने उहाँहरूले सहयोग पाउनुभएको छैन । कोरोना रोगले मर्ने चिन्ता आम जनमानसमा परिरहँदा मगरका परिवारलाई भने भोकले मरिने हो कि भन्ने चिन्ताले सताएको छ ।

पोखराको एक निजी स्कुलको गाडी चलाउँदै आएका लक्षुले कोरोना महामारीका कारण उक्त काम पनि बन्द भएको बताउनुभयो । “निषेधाज्ञासँगै दैनिक रोजगारी गुमेपछि बिहान बेलुकाको खर्च टार्न धौधौ हुने गरेको बताउँदै उहाँले भन्नुभयो, “धन्न स्थानीय किराना पसलेको मन जितेका थियौँ र उधारोमा भने पनि अहिलेसम्म जेनतेन चुल्हो बलेको छ, नत्र भने भोकले मर्नुपर्ने अवस्था सिर्जना भएको छ ।”

कोरोनाका कारण शुरु भएको निषेधाज्ञासँगै यतिखेर भाडाको ट्याक्सी चालक कृष्ण, पोखरा छोरेपाटनस्थित एक होटलमा कार्यरत कर्ण र रङरोगनको काम गर्दै आएका सुरोज थापामगरको समेत रोजगारी गुमेको छ ।

बाबु र तीनै छोरासहित चारै जनाको रोजगारी गुमेपछि कमाएपछि तिर्ने सर्तमा किराना पसलबाट समान लगिरेहको बताउँदै उहाँले चाँडैं महामारी अन्त्य भई निषेधाज्ञा हटेमा पुनः रोजगारी चल्ने र आफूहरूको दैनिकी पनि सहज बन्ने विश्वास व्यक्त गर्नुभयो । 

कोरोनालाई देखाएर विभिन्न नाममा ठाउँठाउँमा सहयोग पुग्ने गरेको सुन्नमा आउने गरेपनि यस पटक हालसम्म कोही कसैले आफूहरूलाई सहयोग नगरेको उहाँको भनाइ छ । अघिल्लो वर्षको बन्दाबन्दीमा भने पौरखी स्वयंसेवी समूहको समन्वयमा पोखरा–७ मासवारमा रहेको शान्तिनगर बैंक्वेटबाट घरमै खानाको सेट आएको उहाँले स्मरण गर्नुभयो ।

“आम्दानीको स्रोत कम र खर्च बढी हुने भएर पनि अहिलेसम्म आफ्नो र परिवारको नाउँमा एक इन्च पनि जग्गा छैन”, उहाँले भन्नुभयो, “पोखरामा धेरै सुकुम्वासी बस्ती छन् तर आफू भने छोराछोरी पाल्ननै समस्या भएपछि त्यता पनि कुनै ध्यान पुगेन कहीँ कतै सानो जग्गा पाउने हो भने दुःखसुख ओत लाउने घर बनाएर बस्ने इच्छा छ ।” (रासस, हरि बाँस्तोला )