• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

रासस तस्बिर प्रदर्शनी जेठ २४ सम्म सञ्चालन हुने



काठमाडौँ । गणतन्त्र दिवस, २०८० को सन्दर्भमा भद्रकालीस्थित रासस केन्द्रीय कार्यालयमा प्रदर्शित ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ तस्बिर प्रदर्शनी यही जेठ २४ गते बुधबारसम्म सञ्चालन हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यही जेठ ११ गते एक समारोहका बीच उद्घाटन गर्नुभएको एकहप्ते प्रदर्शनी बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म अवलोकनको व्यवस्था मिलाइएको छ ।

विशिष्ट पदाधिकारी, नेपाली सम्पदा र संस्कृतिका क्षेत्रमा अभिरुचि राख्ने व्यक्तित्व र आमसर्वसाधारणबाट अवलोकन हुनेक्रम जारी रहेकाले थप एक हप्ता प्रदर्शनी सञ्चालन गर्नुपरेको रासस व्यवस्थापनले जनाएको छ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री राम कार्की र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायतका पदाधिकारीले प्रदर्शनी अवलोकन गर्नुभयो ।

यसैगरी राजनीतिज्ञ, प्राध्यापक, कला–साहित्यपे्रमी, संस्कृतिकर्मी, आमसञ्चारकर्मीलगायत सर्वसाधारणले रुचिपूर्वक प्रदर्शनी अवलोकन गर्नुभएको छ । अवलोकनका क्रममा विशिष्ट पदाधिकारी एवं कलासंस्कृति क्षेत्रका अग्रजले मुलुकको ऐतिहासिक सम्पदा र संस्कृति झल्काई तिनको संरक्षण, संवरद्धनमा सहयोग पु¥याउने उद्देश्यले तस्बिर प्रदर्शनी आयोजना गरेकामा राससलाई धन्यवाद दिँदै भविष्यमा पनि यस किसिमका रचनात्मक कार्यक्रमले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।

राससबाट सम्प्रेषित देशको धार्मिक, सामाजिक तथा सांस्कृतिक परिवेश झल्काउने ७७ वटा तस्बिर प्रदर्शनीमा राखिएको छ । विशेषगरी विभिन्न चाडपर्व, जात्रा, मठमन्दिर, गुम्बा, चैत्य, ताजियाजस्ता मूर्त–अमूर्त संस्कृति एवं सम्पदासम्बन्धी तस्बिरमा अवलोकनकर्ताको अभिरुचि देखिएको छ ।

हरेक दिन बिहान ६ बजेदेखि राति ११ बजेसम्म नेपाली र अङ्ग्रेजी भाषामा समाचार, तस्बिर, अन्तर्राष्ट्रिय समाचार र तस्बिर, अडियो एवं भिडियो सेवा सम्प्रेषण गर्दै आएको राससले आफ्नो वार्षिकोत्सवका अवसरमा वर्षभर उत्कृष्ट एक सय वटा तस्बिर समेटेर हरेक वर्ष तस्बिर प्रदर्शनी गर्दै आएको छ । रासस