• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   एसइईमा सामुदायिकतर्फ भिमाद जलौदीको बाल शैक्षणिक मावि जिल्लामै प्रथम ★   विदेशमा रहेका नेपालीहरूको हितरक्षाका लागि विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ: प्रधानमन्त्री ★   नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ★   रोहितले द्रविडलाई भनेका थिए – कोचिङ जारी राख्नुहोस् ★   संसदमा साङ्केतिक भाषाको दोभासे राख्न माग ★   आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो ★   प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल ★   विपद् प्रतिकार्यका लागि रेडक्रसले ७७ वटै जिल्लामा खटायो तालिमप्राप्त स्वयंसेवक ★   सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी ★   मनाङको बाटो सधैँ जोखिमपूर्ण

सरकारले आफ्नो भुगोल भारतीय नक्सामा समेटिएको विषयलाई शशक्त ढंगबाट प्रतिवाद गरोस :राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन



काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता र स्वाभिमानको पक्षमा दृढ रहेको बताउनुभएको छ ।

बुधवार मन्त्रालयमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको राष्ट्रियतासँग सम्बन्धित मुद्दाहरुमा सरकारको ध्यानाकर्षण भएको बताउनु भयो । उहाँले राष्ट्रिय हीत विपरितका गतिविधिमा कुनै सम्झौता नहुने स्पष्ट पार्नुभयो । गृहमन्त्री श्रेष्ठले कतिपय मुद्दामा सरकारले भारतसँग कुटनीतिक माध्यमबाट छलफल गरिरहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको राष्ट्रियतासँग सम्बन्धित मुद्दाहरुमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । नेपाल सरकार राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता, स्वाभिमानको पक्षमा दृढ छ । यसमा कहिल्यै कुनै सम्झौता गरिने छैन । यसको प्रतिकुल कुनै काम गरिने छैन । कतिपय मुद्दामा सरकारले भारतसँग कुटनीतिक माध्यमबाट छलफल गरिरहेको छ । ऐतिहासिक तथ्यका आधारमा छलफल गरिरहेका छौँ । दुई देशको पारस्परिक हीतको पक्षमा नै छलफल गर्नुहुनेछ ।’

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन भारतमा गत आईतवार उद्घाटन भएको नयाँ संसद भवनमा अखण्ड भारतको नक्शामा नेपालको सार्वभौम सत्ता, राष्ट्रिय अखण्डता र राष्ट्रियताबिरुद्ध नेपालको भूभाग समेटेकोप्रति ध्यानाकर्षण गराएको छ । उनीहरुले भारतले सीमा अतिक्रमण गरेको, सीमावर्ती क्षेत्रमा अपराधिक क्रियाकलाप गरेको भएपनि सरकारले कुनै चासो नदिएको भन्दै सरकारकाले ध्यानाकर्षण गराएको छ ।

ज्ञापन पत्रको पूर्णपाठ

माननीय उपप्रधानमन्त्री एवम् गृह मन्त्री ज्यू,

भारतमा गत आइतबार उद्घाटन भएको नयाँ संसद भवनमा ‘अखण्ड भारत’ को नक्सामा नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र राष्ट्रियताविरुद्ध नेपालको भूभाग समेटेकोप्रति यस संगठन नेपाल सरकार तथा गृह मन्त्रालयकोे गम्भीर ध्यानाकर्षण गराउँदछ ।

भारतले लामो समयदेखि पटकपटक नेपालको सिमा अतिक्रमण गर्ने, लिपुलेक–लिम्पियाधुरा तथा कालापानी क्षेत्रमा सैनिक नै राखी कब्जा गर्ने, दशगजा अतिक्रमण गर्दै अनाधिकृतरुपमा नेपालको विभिन्न भूभागमा सडक बनाउने तथा सिमावर्ती क्षेत्रमा नेपालीको ज्यानै लिने अपराधिक कार्यसमेत गर्दै आएको छ । भारतले नेपालको ६० हजार हेक्टरभन्दा बढी सिमा अतिक्रमण गरेका तथ्य पटक पटक सार्वजनिक भईसकेको छ भने यस विषयमा धेरै पटक राष्ट्रवादी आम नेपालीद्धारा विरोध पनि भईरहेका छ । एउटा सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र र अखण्ड राष्ट्रको स्वाभिमानमाथि पटकपटक प्रहार भइरहँदा पनि आजसम्म नेपाल सरकारले भारतको यस्तो कार्य रोक्न कुनै चासो र पहल गरेको छैन ।

नेपाल सरकारले राष्ट्रिय सुरक्षाको विषयलाई प्राथमिकतामा नराख्दा आफूलाई विश्वकै ठूलो प्रजातन्त्र भन्ने भारतले पटकपटक नेपालको राष्ट्रियतामा प्रहार गर्दै हेपेको हामी राष्ट्रवादी युवाहरुको ठहर छ । यसप्रति गृह मन्त्रालय तथा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण होस र नेपाल सरकारले आफ्नो भुगोल भारतीय नक्सामा समेटिएको विषयलाई शशक्त ढंगबाट प्रतिवाद गरोस ।

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको अवसरमा नेपालको सिमा अतिक्रण लगायत नेपालको भुभाग ‘अखण्ड भारत’ नक्सामा समेटिएको विषय प्राथमिकताका साथ उठाई भारतलाई त्रुटिहरू सच्चाउन लगाइयोस् भनि हामी नेपाल सरकारसँग जोडदार माग गर्दछौँ । नेपाल सरकारले अखण्ड भारतको नक्साबाट नेपालको भुभाग हटाउन, विगतमा भएका सम्पूर्ण अतिक्रमित जमिन फिर्ता गर्न तथा लिपुलेक–लिम्पियाधुरा र कालापानीबाट भारतीय सेना हटाउन भारत सरकार समक्ष गम्भीर रुपमा छलफल गरी हाम्रो राष्ट्र र राष्ट्रियताको पक्षमा निर्णय गराउनसमेत माग गर्दछौं ।

नेपाल सरकार देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र राष्ट्रिय सुरक्षामा गम्भीर भई तत्काल आवश्यक कदम नचाले हामी राष्ट्रवादी युवा कठोर रुपमा आन्दोलन गर्ने मात्र होइन यस विषयलाई अन्तर्राष्ट्रियकरण गरी हाम्रा पूर्वजहरुले देखाएको वीरताको बाटोमा लम्कन दृढसंकल्पित भएको व्यहोरासमेत नेपाल सरकार तथा गृह मन्त्रालयमा जानकारी गराउँद चाहन्छौँ । जय राष्ट्र, जय युवा ।

सुजित के.सी
संयोजक
२०८०।०२।१७