१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा

सरकारले आफ्नो भुगोल भारतीय नक्सामा समेटिएको विषयलाई शशक्त ढंगबाट प्रतिवाद गरोस :राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन

सरकारले आफ्नो भुगोल भारतीय नक्सामा समेटिएको विषयलाई शशक्त ढंगबाट प्रतिवाद गरोस :राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन
अ अ+ अ-

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता र स्वाभिमानको पक्षमा दृढ रहेको बताउनुभएको छ ।

बुधवार मन्त्रालयमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको राष्ट्रियतासँग सम्बन्धित मुद्दाहरुमा सरकारको ध्यानाकर्षण भएको बताउनु भयो । उहाँले राष्ट्रिय हीत विपरितका गतिविधिमा कुनै सम्झौता नहुने स्पष्ट पार्नुभयो । गृहमन्त्री श्रेष्ठले कतिपय मुद्दामा सरकारले भारतसँग कुटनीतिक माध्यमबाट छलफल गरिरहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको राष्ट्रियतासँग सम्बन्धित मुद्दाहरुमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । नेपाल सरकार राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता, स्वाभिमानको पक्षमा दृढ छ । यसमा कहिल्यै कुनै सम्झौता गरिने छैन । यसको प्रतिकुल कुनै काम गरिने छैन । कतिपय मुद्दामा सरकारले भारतसँग कुटनीतिक माध्यमबाट छलफल गरिरहेको छ । ऐतिहासिक तथ्यका आधारमा छलफल गरिरहेका छौँ । दुई देशको पारस्परिक हीतको पक्षमा नै छलफल गर्नुहुनेछ ।’

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन भारतमा गत आईतवार उद्घाटन भएको नयाँ संसद भवनमा अखण्ड भारतको नक्शामा नेपालको सार्वभौम सत्ता, राष्ट्रिय अखण्डता र राष्ट्रियताबिरुद्ध नेपालको भूभाग समेटेकोप्रति ध्यानाकर्षण गराएको छ । उनीहरुले भारतले सीमा अतिक्रमण गरेको, सीमावर्ती क्षेत्रमा अपराधिक क्रियाकलाप गरेको भएपनि सरकारले कुनै चासो नदिएको भन्दै सरकारकाले ध्यानाकर्षण गराएको छ ।

ज्ञापन पत्रको पूर्णपाठ

माननीय उपप्रधानमन्त्री एवम् गृह मन्त्री ज्यू,

भारतमा गत आइतबार उद्घाटन भएको नयाँ संसद भवनमा ‘अखण्ड भारत’ को नक्सामा नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र राष्ट्रियताविरुद्ध नेपालको भूभाग समेटेकोप्रति यस संगठन नेपाल सरकार तथा गृह मन्त्रालयकोे गम्भीर ध्यानाकर्षण गराउँदछ ।

भारतले लामो समयदेखि पटकपटक नेपालको सिमा अतिक्रमण गर्ने, लिपुलेक–लिम्पियाधुरा तथा कालापानी क्षेत्रमा सैनिक नै राखी कब्जा गर्ने, दशगजा अतिक्रमण गर्दै अनाधिकृतरुपमा नेपालको विभिन्न भूभागमा सडक बनाउने तथा सिमावर्ती क्षेत्रमा नेपालीको ज्यानै लिने अपराधिक कार्यसमेत गर्दै आएको छ । भारतले नेपालको ६० हजार हेक्टरभन्दा बढी सिमा अतिक्रमण गरेका तथ्य पटक पटक सार्वजनिक भईसकेको छ भने यस विषयमा धेरै पटक राष्ट्रवादी आम नेपालीद्धारा विरोध पनि भईरहेका छ । एउटा सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र र अखण्ड राष्ट्रको स्वाभिमानमाथि पटकपटक प्रहार भइरहँदा पनि आजसम्म नेपाल सरकारले भारतको यस्तो कार्य रोक्न कुनै चासो र पहल गरेको छैन ।

नेपाल सरकारले राष्ट्रिय सुरक्षाको विषयलाई प्राथमिकतामा नराख्दा आफूलाई विश्वकै ठूलो प्रजातन्त्र भन्ने भारतले पटकपटक नेपालको राष्ट्रियतामा प्रहार गर्दै हेपेको हामी राष्ट्रवादी युवाहरुको ठहर छ । यसप्रति गृह मन्त्रालय तथा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण होस र नेपाल सरकारले आफ्नो भुगोल भारतीय नक्सामा समेटिएको विषयलाई शशक्त ढंगबाट प्रतिवाद गरोस ।

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको अवसरमा नेपालको सिमा अतिक्रण लगायत नेपालको भुभाग ‘अखण्ड भारत’ नक्सामा समेटिएको विषय प्राथमिकताका साथ उठाई भारतलाई त्रुटिहरू सच्चाउन लगाइयोस् भनि हामी नेपाल सरकारसँग जोडदार माग गर्दछौँ । नेपाल सरकारले अखण्ड भारतको नक्साबाट नेपालको भुभाग हटाउन, विगतमा भएका सम्पूर्ण अतिक्रमित जमिन फिर्ता गर्न तथा लिपुलेक–लिम्पियाधुरा र कालापानीबाट भारतीय सेना हटाउन भारत सरकार समक्ष गम्भीर रुपमा छलफल गरी हाम्रो राष्ट्र र राष्ट्रियताको पक्षमा निर्णय गराउनसमेत माग गर्दछौं ।

नेपाल सरकार देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र राष्ट्रिय सुरक्षामा गम्भीर भई तत्काल आवश्यक कदम नचाले हामी राष्ट्रवादी युवा कठोर रुपमा आन्दोलन गर्ने मात्र होइन यस विषयलाई अन्तर्राष्ट्रियकरण गरी हाम्रा पूर्वजहरुले देखाएको वीरताको बाटोमा लम्कन दृढसंकल्पित भएको व्यहोरासमेत नेपाल सरकार तथा गृह मन्त्रालयमा जानकारी गराउँद चाहन्छौँ । जय राष्ट्र, जय युवा ।

सुजित के.सी
संयोजक
२०८०।०२।१७