२९ आश्विन २०८१, मंगलवार
,
Latest
 ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा भदौमा उपभोक्ता मुद्रास्फीति चार प्रतिशतले कमी तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ कानुनअनुसार नै पशुपति गौशाला धर्मशाला खाली गरिन्छ: पशुपति क्षेत्र विकास कोष कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी केही बेर पक्राउ दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैँकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता देशको आर्थिक अवस्था: भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण-पूर्णपाठ सहित अनिरुद्धाचार्यले सलमानको खुट्टा छोएको तस्बिर भाइरल, नक्कली तस्बिर बनाउने अभियुक्त पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिडका बिरामीको उपचार र नियन्त्रण तथा भौतिक निर्माणमा जोड



अ+ अ-

मकवानपुर । वाग्मती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रदेश सरकारद्वारा आगामी आव २०७८÷७९ का लागि प्रस्तुत हुने नीति, कार्यक्रम र बजेटमा प्रदेशका १३ वटै जिल्लाका कोभिड–१९ सङ्क्रमणका बिरामीको उपचार सेवा र नियन्त्रणलाई अवलम्बन गर्ने नीति उच्च प्राथमिकतामा राखेर सरकार अघि बढ्ने दृढता व्यक्त गुर्नभयो । मन्त्री ढुङ्गेलले आज आफ्नो कार्यकक्षमा रासससँग सङ्क्षिप्त कुराकानी गर्दै यही जेठ २६ वा २७ गतेभित्र प्रस्तुत हुने नीति, कार्यक्रम र बजेटको प्राथमिकतामा कोभिडबाट पीडित भई पीडा भोगेका परिवारलाई सरकारले उत्पादनतर्फ जोडेर आयआर्जनका लागि आर्थिक प्याकेज कार्यक्रम ल्याउन लागिएको बताउनुभयो ।

उहाँले काठमाडौँ उपत्यकाका तीन जिल्लाबाहेक १० जिल्लामा अक्सिजन प्लान्ट स्थापना गर्न, अस्पतालको गुणस्तरीय वृद्धिका साथै एचडियु, भेन्टिलेटर र आइसियु कक्षको स्थापना गरी उपचार सेवालाई सहजीकरण गर्न सरकारले छुट्टै कार्यदल पनि गठन गर्ने जानकारी दिनुभयो ।

मन्त्री ढुङ्गेलले प्रदेश सरकारले अघिल्लो वर्ष जस्तै यस वर्षको नीति, कार्यक्रम र बजेटमा राष्ट्रिय गौरवका आयोजनाको निर्माणका साथै शिक्षाको गुणस्तर वृद्धि र दक्ष जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षातर्फ जोड दिइने बताउनभुयो । उहाँले आगामी आवका लागि प्रस्तुत हुने बजेटले प्रदेशमा कृषि उत्पादनका साथै पशुपालनतर्फ गाई, भैँसीपालनका अतिरिक्त, खसी, बोका, कुखुरा, बङ्गुरपालनलाई उच्च प्राथमिकता दिई शहरी क्षेत्रका उपभोक्तालाई दूधजन्य पदार्थ र मासुमा आत्मनिर्भर तुल्याउने कार्यलाई जोड दिइने बताउनुभयो ।

प्रदेशका सबै जिल्लाका कोभिड–१९ सङ्क्रमितका परिवारलाई तत्काल आयआर्जन गर्ने आर्थिक प्याकेजलाई विपन्न र दलित समुदायका परिवारलाई केन्द्रविन्दुमा राखेर राहत वितरण गर्ने लक्ष्य राखिएको पनि उहाँले जानकारी दिनुभयो । प्रदेश सरकारले आगामी आवका लागि ल्याइने नीति, कार्यक्रम र बजेटमा प्रतिपक्षले उठाउनुभएको कोभिड–१९ सङ्क्रमण नियन्त्रण गर्ने प्रयास, राष्ट्रिय गौरवका आयोजना र भौतिक पूर्वाधार निर्माणका लागि समान व्यवहार गरी बजेट विनियोजित गरिएको र प्रतिपक्षको भावनालाई समेत कदर गरेर बजेट विनियोजितमा कुनै प्रकारको विभेद नगरिने उहाँले बताउनुभयो ।

उहाँले आगामी आव २०७८÷७९ का लागि सरकारले करीब रु ५४ अर्ब को बजेट ल्याइने सम्भावना रहेको उल्लेख गर्दै बजेटले प्रदेशका सबै जिल्लालाई भौतिक पूर्वाधार निर्माण, सङ्घीय राजधानी काठमाडौँलाई हेटौँडाबाट जोड्ने विद्युतीय बसको सञ्चालन र पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्गको निर्माण तथा कोभिड–१९ सङ्क्रमण रोग नियन्त्रणलाई सरकारले केन्द्रविन्दुमा राखेर बजेट विनियोजन गरी कार्यान्वयन गर्नेतर्फ केन्द्रित रहेको सुनाउनुभयो ।