२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना

कोभिडका बिरामीको उपचार र नियन्त्रण तथा भौतिक निर्माणमा जोड

कोभिडका बिरामीको उपचार र नियन्त्रण तथा भौतिक निर्माणमा जोड
अ अ+ अ-

मकवानपुर । वाग्मती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रदेश सरकारद्वारा आगामी आव २०७८÷७९ का लागि प्रस्तुत हुने नीति, कार्यक्रम र बजेटमा प्रदेशका १३ वटै जिल्लाका कोभिड–१९ सङ्क्रमणका बिरामीको उपचार सेवा र नियन्त्रणलाई अवलम्बन गर्ने नीति उच्च प्राथमिकतामा राखेर सरकार अघि बढ्ने दृढता व्यक्त गुर्नभयो । मन्त्री ढुङ्गेलले आज आफ्नो कार्यकक्षमा रासससँग सङ्क्षिप्त कुराकानी गर्दै यही जेठ २६ वा २७ गतेभित्र प्रस्तुत हुने नीति, कार्यक्रम र बजेटको प्राथमिकतामा कोभिडबाट पीडित भई पीडा भोगेका परिवारलाई सरकारले उत्पादनतर्फ जोडेर आयआर्जनका लागि आर्थिक प्याकेज कार्यक्रम ल्याउन लागिएको बताउनुभयो ।

उहाँले काठमाडौँ उपत्यकाका तीन जिल्लाबाहेक १० जिल्लामा अक्सिजन प्लान्ट स्थापना गर्न, अस्पतालको गुणस्तरीय वृद्धिका साथै एचडियु, भेन्टिलेटर र आइसियु कक्षको स्थापना गरी उपचार सेवालाई सहजीकरण गर्न सरकारले छुट्टै कार्यदल पनि गठन गर्ने जानकारी दिनुभयो ।

मन्त्री ढुङ्गेलले प्रदेश सरकारले अघिल्लो वर्ष जस्तै यस वर्षको नीति, कार्यक्रम र बजेटमा राष्ट्रिय गौरवका आयोजनाको निर्माणका साथै शिक्षाको गुणस्तर वृद्धि र दक्ष जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षातर्फ जोड दिइने बताउनभुयो । उहाँले आगामी आवका लागि प्रस्तुत हुने बजेटले प्रदेशमा कृषि उत्पादनका साथै पशुपालनतर्फ गाई, भैँसीपालनका अतिरिक्त, खसी, बोका, कुखुरा, बङ्गुरपालनलाई उच्च प्राथमिकता दिई शहरी क्षेत्रका उपभोक्तालाई दूधजन्य पदार्थ र मासुमा आत्मनिर्भर तुल्याउने कार्यलाई जोड दिइने बताउनुभयो ।

प्रदेशका सबै जिल्लाका कोभिड–१९ सङ्क्रमितका परिवारलाई तत्काल आयआर्जन गर्ने आर्थिक प्याकेजलाई विपन्न र दलित समुदायका परिवारलाई केन्द्रविन्दुमा राखेर राहत वितरण गर्ने लक्ष्य राखिएको पनि उहाँले जानकारी दिनुभयो । प्रदेश सरकारले आगामी आवका लागि ल्याइने नीति, कार्यक्रम र बजेटमा प्रतिपक्षले उठाउनुभएको कोभिड–१९ सङ्क्रमण नियन्त्रण गर्ने प्रयास, राष्ट्रिय गौरवका आयोजना र भौतिक पूर्वाधार निर्माणका लागि समान व्यवहार गरी बजेट विनियोजित गरिएको र प्रतिपक्षको भावनालाई समेत कदर गरेर बजेट विनियोजितमा कुनै प्रकारको विभेद नगरिने उहाँले बताउनुभयो ।

उहाँले आगामी आव २०७८÷७९ का लागि सरकारले करीब रु ५४ अर्ब को बजेट ल्याइने सम्भावना रहेको उल्लेख गर्दै बजेटले प्रदेशका सबै जिल्लालाई भौतिक पूर्वाधार निर्माण, सङ्घीय राजधानी काठमाडौँलाई हेटौँडाबाट जोड्ने विद्युतीय बसको सञ्चालन र पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्गको निर्माण तथा कोभिड–१९ सङ्क्रमण रोग नियन्त्रणलाई सरकारले केन्द्रविन्दुमा राखेर बजेट विनियोजन गरी कार्यान्वयन गर्नेतर्फ केन्द्रित रहेको सुनाउनुभयो ।