१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव सुरू

अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव सुरू
अ अ+ अ-

गण्डकी । अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिको आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा तेस्रो संस्करणको अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव कास्कीको घान्द्रुकमा आजदेखि सुरु भएको छ ।

घान्द्रुक पर्यटन व्यवस्थापन समितिको स्थानीय व्यवस्थापनमा सुरु महोत्सव जेठ २० गतेसम्म सञ्चालन हुनेछ । महोत्सवअन्तर्गत अन्तिम दिन जेठ २० गते अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवस ९जुन ३० का अवसरमा अन्नपूर्ण म्याराथन हुनेछ । उक्त दिन अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म (४२.१९५ किमी) को म्याराथन आयोजना हुने अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका संयोजक ललित गुरुङले जानकारी दिनुभयो ।

सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेको दिनलाई अन्नपूर्ण आरोहण दिवसका रूपमा मनाइँदै आइएको छ । महोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, बाँस्केटबल प्रतियोगिता, पत्रकारिता पुरस्कार वितरण, हर्स राइडिङलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् ।

म्याराथनतर्फ प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेले नगद रु एक लाख ५० हजार, द्वितीय हुनेले रु एक लाख र तृतीय हुनेले रु ७५ हजार प्राप्त गर्ने छन् । महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश: रु ७५हजार, ५० हजार र २५ हजार प्राप्त गर्नेछन् ।

त्यस्तै गाउँपालिकास्तरीय पुरुष भलिबलमा विजेता टोलीले नगद ८० हजार र उपविजेताले नगद ५० हजार प्राप्त गर्नेछन् भने खुल्ला पुरुष बाँस्केटबलतर्फका विजेताले नगद रु ८० हजार र ५० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

कोभिड–१९ का कारण दुई संस्करण स्थगित भए पनि यसपटक अन्नपूर्ण म्याराथनलाई निरन्तरता दिइएको हो । अन्नपूर्ण आधार शिविरको पर्यटन पूर्वाधार निर्माण गरी पर्यटन प्रवद्र्धन गर्न विगतमा निरन्तर पर्यटन महोत्सव र अन्नपूर्ण म्याराथन गरिँदै आइएको थियो ।

प्रतिकूल परिस्थितिका कारण कार्यक्रम स्थगित भए पनि यसपटकबाट कार्यक्रमलाई निरन्तरता दिइएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिनुभयो ।

महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले पर्यटनमा उद्यमशीलताको विकास गरी गाउँको समृद्धिसँग जोड्न जरुरी भएको बताउनुभयो ।

पर्यटन क्षेत्रलाई उद्योगका रुपमा स्थापित गर्न गुणात्मकरुपमा फड्को मार्न जरुरी रहेको उल्लेख गर्दै उहाँले यसका लागि सरकार र निजी क्षेत्रको साझेदारितालाई अझ फराकिलो बनाएर लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो । पर्यटन क्षेत्रमा अहिलेसम्म भएका प्रगतिमा निजी क्षेत्रको विशिष्ट योगदान रहेको बताउँदै उहाँले लगानीमैत्री वातावरण सिर्जना गरी निजीक्षेत्रसँग हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–१० का वडाध्यक्ष गौतम गुरुङ, घान्द्रुक पर्यटन व्यवस्थापन समितिका पूर्वअध्यक्ष किसम गुरुङलगायतले महोत्सवले यस क्षेत्रको पर्यटनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

महोत्सवलाई अन्नपूर्ण गाउँपालिका, नेपाल पर्यटन बोर्ड, छोम्रोङ पर्यटन व्यवस्थापन समिति, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजन (एक्याप)/राष्ट्रिय प्रकृति संरक्षण कोष, घान्द्रुक पर्यटन व्यवस्थापन समिति, टाँडापानी पर्यटन व्यवस्थापन समिति, खेलकुद मन्त्रालय, अन्नपूर्ण काठमाडौँ समाज नेपाल, गुरु आनन्द फाउन्डेशनलगायतका सङ्घ संस्थाको सहयोग रहेको छ । रासस