३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमणका कारण मुटु रोग विशेषज्ञ सुवेदीको निधन



अ+ अ-

काठमाडौं । कोरोना संक्रमणका कारण वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर विकास सुवेदीको निधन भएको छ । उहाँको ह्याम्स अस्पतालमा उपचारकै क्रममा गए राती निधन भएको हो ।

ह्याम्स अस्पतालमा भेन्टिलेटरमा उहाँको उपचारको भइरहेको थियो । ४२ वर्षका डा. सुवेदीलाई २५ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । 

सुवेदी गौतम वुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालका सञ्चालनसमेत हुनुन्थ्यो । संक्रमणपुष्टि भएपछि उहाँले सोही अस्पतालमै उपचार गराइरहनुभएको थियो तर स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँलाई १४ दिनअघि ह्याम्स अस्पताल ल्याइएको थियो । 

ह्याम्समा पुग्दा उहाँ गम्भिर अवस्थामा रहेको र अक्सिजन लेभल पनि घटिसकेको थियो ।  कडा निमोनिया भइसकेको अवस्थामा ह्याम्समा उहाँको ४ दिनदेखि भेन्टिलेटरमा उपचार भइरहेको थियो ।