काठमाडौं । कोरोना संक्रमणका कारण वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर विकास सुवेदीको निधन भएको छ । उहाँको ह्याम्स अस्पतालमा उपचारकै क्रममा गए राती निधन भएको हो ।
ह्याम्स अस्पतालमा भेन्टिलेटरमा उहाँको उपचारको भइरहेको थियो । ४२ वर्षका डा. सुवेदीलाई २५ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।
सुवेदी गौतम वुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालका सञ्चालनसमेत हुनुन्थ्यो । संक्रमणपुष्टि भएपछि उहाँले सोही अस्पतालमै उपचार गराइरहनुभएको थियो तर स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँलाई १४ दिनअघि ह्याम्स अस्पताल ल्याइएको थियो ।
ह्याम्समा पुग्दा उहाँ गम्भिर अवस्थामा रहेको र अक्सिजन लेभल पनि घटिसकेको थियो । कडा निमोनिया भइसकेको अवस्थामा ह्याम्समा उहाँको ४ दिनदेखि भेन्टिलेटरमा उपचार भइरहेको थियो ।