२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना

अफगान राष्ट्रपति र अमेरिकी विदेश दूतबीच काबुलमा भेट

अफगान राष्ट्रपति र अमेरिकी विदेश दूतबीच काबुलमा भेट
अ अ+ अ-

काठमाडौं । अफगान राष्ट्रपति मोहमद असरफ घानी र अफगानिस्तानका लागि अमेरिकी विदेश दूतबीच काबुलमा भेट भएको छ ।उहाँहरु बीच आइतबार अफगानिस्तानको राजधानी काबुलमा भेट भएको राजधानी काबुलबाट प्राप्त समाचारमा जनाइएको छ ।

विशेष दूत जालमी खालिजाद अफगानिस्तानको सरकार र यहाँका तालिबानहरुबीचको शान्ति वार्ताका लागि पनि प्रमुख मध्यस्थकर्ताका रुपमा रहनुभएको छ ।उहाँसँगै हालै अफगानिस्तान आएको शान्ति वार्ता सम्बन्धी टोलीका सदस्यहरु पनि रहेका बताइएको छ ।सो टोलीका सदस्यहरु सँगै खालिजादले अफगानिस्तानका राष्ट्रपति घानीसँग आइतबार भेटवार्ता गर्नुभएको समाचारमा जनाइएको हो ।
 
त्यस भेटका क्रममा अफगानिस्तानको पछिल्लो अवस्था र शान्ति वार्ताका विषयमा पनि कुराकानी भएको बताइएको छ । उहाँहरुले त्यस क्रममा दुई देशबीचको आर्थिक सहयोगका साथै अरु क्षेत्रीय राजनीतिक विषयहरुमा पनि कुराकानी गर्नुभएको बताइएको  छ ।

यसका साथै अफगानिस्तानमा केही समय अघि रोकिएको शान्ति वार्ताका विषयमा पनि  उहाँहरुका बीचका कुराकानी भएको बताइएको छ ।अफगानिस्तानको सरकार र तालिबानबीच केही समयअघि शुरु भएको वार्ता त्यसै स्थगित भएको छ । त्यसपछि अहिले भने तालिबानहरुले अफगानिस्तानमा हिंसात्मक हमलाहरुलाई फेरि पनि निरन्तरता दिएका छन् ।