• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्छुः मन्त्री श्रेष्ठ ★   तारा एअरले भ्रामक सूचना फैलाउनेमाथि कारबाही अगाडि बढाउने ★   जापानद्वारा एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण ★   नेताको भाषणबाट मुलुकको समृद्धि हुँदैन: श्रममन्त्री अर्याल ★   चीनमा भारी वर्षाका कारण करिब दुई लाख व्यक्ति विस्थापित ★   बैरागी काइँला र एलपी जोशीलाई पुरस्कृत गरिने ★   राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन्: गृहमन्त्री लामिछाने ★   २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी: गृहमन्त्री लामिछाने ★   व्यवसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत ★   चलायमान बन्दै ठमेल र दरबारमार्गका व्यवसाय

सार्वजनिक संस्थानमा रु ६ खर्ब लगानी, यी हुन् उच्च नाफा र नोक्सानीमा रहेका संस्थान



काठमाडौँ । राज्यको खर्बौ रकम लगानी भएका अधिकांश सार्वजनिक संस्थानको प्रगति विवरण निराशाजनक छ ।
आर्थिक वर्ष २०७८/७९ मा २५ संस्थान नाफामा छन् । ती कम्पनीहरुको खुद नाफा ३३.६५ प्रतिशतले बढेको छ भने नोक्सानीमा सञ्चालित १७ संस्थानको खुद नोक्सानी ६१०.९६ प्रतिशतले बढेको छ । सार्वजनिक संस्थानको प्रशासनिक खर्चमा २.४ प्रतिशतले कमी आएको छ ।
दुई वटा सार्वजनिक संस्थान बन्द अवस्थामा छन् । जनकपुर चुरोट कारखाना बन्द अवस्थामा छ भने विद्युत् उत्पादन कम्पनी लिमिटेड र राष्ट्रिय प्रसारण ग्रीड कम्पनीको व्यवसाय शुरुवाती अवस्थामै छ ।
नोक्सानीमा सञ्चालन भइरहेको संस्थानमध्ये नेपाल ओरियण्ड म्याग्नासाइट प्रालि र बुटवल धागो कारखाना लिमिटेडको व्यावासायिक कारोबार नभएको अवस्था छ । नेपाल रेल्वे कम्पनीले पनि व्यवस्थित रुपले गति लिन सकेको छैन ।
अर्थमन्त्रालयका अनुसार सो अवधिमा सञ्चित नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ०.७४ प्रतिशतले कमी आई रु १ खर्ब १२ अर्ब ७१ लाख पुगेको छ । सञ्चित नोक्सानी अघिल्लो आवको तुलनामा १७६.८ प्रतिशतले बढेर ६० अर्ब ३१ करोड ९२ लाख रुपैयाँ कायम भएको छ । सबै संस्थानको सञ्चित नाफामा ४२.९० प्रतिशतले कमी आई ५२ अर्ब ४० करोड ७८ लाख पुगेको छ ।
६ अर्बभन्दा बढी लगानी
समीक्षा अवधिमा संस्थानमा नेपाल सरकारको कुल लगानी गत आर्थिक वर्षको तुलनामा ८.९७ प्रतिशतले बढेर ६ खर्ब १८ अर्ब १६ करोड ४६ लाख पुगेको छ । अघिल्लो आवको तुलनामा शेयर लगानी ४.५४ प्रतिशतले बढेर ३ खर्ब २८ अर्ब ९२ करोड ७५ लाख पुगेको छ भने ऋण लगानी १४.४९ प्रतिशतले बढेर २ खर्ब ८९ अर्ब २३ करोड ७१ लाख पुगेको छ ।
उच्च नाफा आर्जन गर्ने पाँच संस्थान
आर्थिक वर्ष २०७८/७९ मा बढी खुद नाफा आर्जन गर्ने पाँच सार्वजनिक संस्थानमा नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नागरिक लगानी कोष र निक्षेप तथा कर्जा सुरक्षण कोष छन् ।
विद्युत प्राधिकरणको खुद नाफा १३ अर्ब ३७ करोड ४७ लाख छ भने नेपाल दूरसञ्चार कम्पनीको खुद नाफा ८ अर्ब ४७ करोड ७ लाख छ । साथै राष्ट्रिय वाणिज्य बैंकपको खुद नाफा ४ अर्ब २९ करोड २८ लाख, नागरिक लगानी कोषको खुद नाफा ३ अर्ब १० करोड ४२ लाख र निक्षेप तथा कर्जा सुरक्षण कोषको खुद नाफा ३ अर्ब १ करोड ५० लाख छ ।
उच्च नोक्सान हुने पाँच संस्थान
उच्च नोक्सान हुने पाँच सार्वजनिक संस्थानमा नेपाल आयल निगम, नेपाल वायुसेवा निगम, नेपाल खानेपानी संस्थान, दुग्ध विकास संस्थान र नेपाल औषधि लिमिटेड छन् । नेपाल आयल निगम ३८ अर्ब १७ करोड ७८ लाख र नेपाल वायुसेवा निगम १ अर्ब ७० करोड ३१ लाख नोक्सानीमा छन् । साथै नेपाल खानेपानी संस्थान ३९ करोड ५४ लाख, दुग्ध विकास संस्थान ३७ करोड पाँच लाख र नेपाल औषधि लिमिटेड १३ करोड ८७ लाख नोक्सानीमा छन् ।
सबै सार्वजनिक संस्थानमा हाल २०७९ असार मसान्तसम्म २९ हजार ७३६ जनशक्ति कार्यरत छन् ।