२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनिया जहाज बिक्री गर्न मूल्याँकन गर्दै नेपाल एयरलाइन्स



फाईल फोटो
अ+ अ-

काठमाडौं: नेपाल एयरलाइन्सले आफूसँग रहेका पाँच वटा चिनियाँ जहाजहरुको संचालन खर्च ज्यादै बढी भएको जनाउँदै ती जहाज बिक्री गर्नेगरी मूल्याँकन अन्तिम चरणमा पुगेको जनाएको छ ।

निगमले आज एक विज्ञप्ति प्रकाशन गरी नेपाल सरकारको निर्णय एवं निगम संचालक समितिको २०७९ भदौ २३ गतेको निर्णय बमोजिम उक्त जहाजहरु लिजमा दिनका लागि पहिलो पटक २०७९ भदौ २९ गते र दोस्रो पटक २०७९ कार्तिक १६ गते सूचना प्रकाशन गरिएको भए पनि निवेदन प्राप्त नभएको बताएको छ ।

लिजका लागि दुई पटक विज्ञापन गर्दा समेत आवेदन नपरेपछि नेपाल सरकारको निर्णय अनुसार जहाज बिक्री गर्ने सोचाईमा निगम पुगेको विज्ञप्तिमा उल्लेख छ ।

निगम समक्ष हाल दुई वटा एमए–६० र तीन वटा वाई१२ई चिनियाँ जहाज छन् । यी जहाज चलाउन नसके पछि हाल ग्राउन्डेड छन् । जहाज ग्राउन्डेड भएपछि संसदमा समेत कुरा उठेको थियो ।

यी जहाजका सम्बन्धमा अध्ययन गर्न गठित विगतका समितिहरुले उक्त जहाज संचालन गर्न प्राविधिक, व्यवसायिक तथा आर्थिक रुपमा अनुपयुक्त भएको, बिमा खर्च र इन्धन खर्च अत्यधिक भएको, सीमित यात्रु बहन क्षमता र जगेडा पार्टपुर्जामा समस्या भएको प्रतिवेदन दिएको निगमको दाबी छ ।

जहाजहरु संचालनमा रहँदा आर्थिक वर्ष २०७१।७२ देखि २०७५।७६ सम्मको अवधिमा यी जहाजहरुको संचालन घाटा रु. ७७ करोड ७४ लाख १० हजार र कूल घाटा रु. १ अर्ब ९० करोड ६९ लाख ३३ हजार रहेको निगमको भनाई छ ।

निगमका अनुसार यी जहाजहरु संचालन गरिरहँदा निगमलाई थप आर्थिक बोझको दायित्व थप हुने देखिएसँगै जहाजहरु ग्राउन्डेड गरिएको थियो ।