• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   सुदूरपश्चिम सरकार छाड्न नाउपा अध्यक्ष रञ्जिताद्वारा लिखित निर्देशन ★   आयरल्यान्ड ‘ए’ सँग नेपाल ‘ए’ २१ रनले पराजित ★   संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन कार्यान्वयनमा जाने ढोका खुलेको छ: प्रधानमन्त्री दाहाल ★   आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको सानदार शतक ★   आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको अर्धशतक ★   विश्वकै लामो फिल्म, जसलाई हेर्न ३ दिन बढी समय लाग्ने ★   धैरे पटक चुनाव हारेर रेकर्डः २३८ पटक चुनाव लडेर हारेका नेताजी फेरि चुनाव लड्दै ★   झापा पुगेर गृहमन्त्रीले भने- पीडकसँग प्रशासन-प्रहरीको हिमचिम अन्त्य हुनैपर्छ ★   देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन: प्रधानमन्त्री दाहाल ★   आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ लाई दियो २२३ रनको विशाल लक्ष्य

एमेच्योर ओपन गल्फ: नेपाललाई स्वर्ण, भारत १४ स्ट्रोकले पराजित



गल्फका स्वर्ण विजेता सद्भाव आचार्य (बायाँ) र सुवास तामाङ

काठमाडौंः नवौं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगिता अन्तर्गत टिम स्पर्धामा नेपालले स्वर्ण पदक जितेको छ ।

नेपाल नम्बर एक एमेच्योर खेलाडी सुबाश तामाङ र सदभाव आचार्यको जोडीले दोस्रो दिन आज ७–अन्डर १ सय ३७ स्कोर जोडे । समग्रमा १७–अन्डर २ सय ७१ स्कोरसहित भारतलाई १४ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै उनीहरुले नेपाललाई स्वर्ण दिलाएका हुन् । आज सुबाशले ४–अन्डर ६८ र सदभावले ३–अन्डर ६९ स्कोर गरे । सुबाश र सदभावले यसअघि गत मार्चमा बंगलादेश एमेच्योर ओपन गल्फ च्याम्पियनसीपमा पनि टिमतर्फ स्वर्ण पदक जितेका थिए ।

समग्रमा ३–अन्डर २ सय ८५ सहित भारतले रजत पदक प्राप्त गर्यो । आज सुमित कोटवालले ८–अन्डर ६४ र सुरज जोशीले २–ओभर ७४ स्कोर गरे । यो जोडीले आज भारतको लागि ६–अन्डर १ सय ३८ स्कोर जोड्दै दोस्रो स्थान प्राप्त गरेको हो । समग्रमा ५–ओभर २ सय ९३ सहित भुटानले कास्य पदक हात पार्यो । आज ७–ओभर १ सय ५१ स्कोर बनाउने क्रममा उगेन दोर्जीले १–अन्डर ७१ र कर्मा दोर्जी खोर्कोले ८–ओभर ८० मा खेल सकाए ।

प्रतियोगिताको व्यक्तिगततर्फ भारतीय सुमित कोटवाल ८–अन्डर ६४ को सानदार स्कोरमा शीर्ष स्थानमा उक्लिएका छन् । उनले समग्रमा १२–अन्डर १ सय ३२ सहित पहिलो दिनका लिडर नेपालका सुबाश तामाङलाई दुई स्ट्रोकले पछि पारे । ४–अन्डर ६८ को कार्ड बनाएका सुबाशले समग्रमा १०–अन्डर १ सय ३४ को स्कोर बनाउँदा दोस्रो स्थानमा तल झरे । राष्ट्रिय टिमका सदस्य सदभाव आचार्यले आज ३–अन्डर ६९ को स्कोर निकाले। समग्रमा ७–अन्डर १ सय ३७ सहित उनी तेस्रो स्थानमा छन् ।

यसैगरी भुटानका उगेन दोर्जी समग्रमा ४–अन्डर १ सय ४० सहित चौथो, नेपालका टासी छिरिङ र भारतका बरूण मुथप्पा समग्रमा २–अन्डर १ सय ४२ सहित संयुक्तरुपमा पाँचौ स्थानमा रहे । यस्तै नेपालका वाङचेन ढोन्डुप र बंगलादेशका मोहम्मद सुमोन समग्रमा १–ओभर १ सय ४५ सहित सातौं तथा पाकिस्तान उमैर सलिम र नेपालका टासी डोङले समग्रमा ५–ओभर १ सय ४९ स्कोरका साथ संयुक्तरुपमा नवौं स्थान बाँडे ।

भारतका सुमितले बोगी रहित ८–अन्डरको स्कोर बनाउँदा फ्रन्ट र ब्याक नाइन दुवै ४–अन्डर ३२ मा सकाए । उनले दोस्रो, चौंथो, सातौं र आठौं होलमा बर्डी प्रहार गरे । त्यसपछि उनले १०औं, १४औं, १५औं र १८औं होलमा पनि एक–एक सट बचाए ।

सुबाशले फ्रन्ट नाइन १–अन्डर ३५ मा पुरा गरे। पहिलो होलमा बोगी खेपेका उनले ५–पारको तेस्रो होलमा ईगलको सफलता प्राप्त गरे । सातौं होलमा बर्डी प्रहार गर्दा आठौं होलमा एक सट खेर फाले। यसपछि ११औं, १४औ र १८औं होलमा बर्डीको सफलता प्राप्त गर्दै ब्याक नाइन ३–अन्डर ३३ मा पुरा गरे ।

सदभावले बोगी रहित राउण्ड खेले । फ्रन्ट नाइन ३–अन्डर ३३ र ब्याक नाइन इभन–पार ३६ मा सकाए। उनले तेस्रो, सातौं र आठौं होलमा बर्डी प्रहार गर्दा ब्याक नाइनको सबै होलमा पार बचाए ।

महिलातर्फ कश्मीरा शाहले ८–ओभर ८० स्कोर गरिन्। समग्रमा १४–ओभर १ सय ५८ सहित शीर्षस्थानमा उक्लिएकी छिन् । उनले पहिलो दिनकी लिडर सुष्मा सिग्देललाई ३ स्ट्रोकले पछि पारेकी छिन् । सुष्माले आज १२–ओभर ८४ स्कोर गर्दा समग्रमा १७–ओभर १ सय ६१ मा ३६ होलको खेल पुरा गरिन्। १४–ओभर ८६ सहित समग्रमा ४०–ओभर १ सय ८४ सहित तेस्रो स्थानमा रहेकी छिन् । ३६ होलको समाप्तीमा २०–ओभर १ सय ६४ सम्मको स्कोर बनाएका ३० खेलाडीले कट बनाएका छन् । जसमा १६ जना नेपाली खेलाडी रहेका छन् ।

नेपाल गल्फ संघ र नेपाल टुरिजम बोर्डद्वारा संयुक्तरुपमा आयोजित प्रतियोगितामा ४४ पुरुष र सात महिला गरी ५१ गल्फ खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा पुरुष व्यक्तिगत, पुरुष टिम इभेन्ट र महिला व्यक्तिगत गरी तीन स्पर्धामा प्रतिस्पर्धा भैरहेको छ । ५४ होलको प्रतियोगितामा नेपाल, बंगलादेश, भुटान, भारत र पाकिस्तानका खेलाडीको सहभागिता रहेको छ ।

प्रतियोगिता आयोजनाको लागि राष्ट्रिय खेलकूद परिषद्, प्रदेश खेलकूद विकास परिषद्, बागमती प्रदेश, गोकर्ण फरेस्ट गल्फ रिसोर्ट र होटल रोयल सिंगीको सहयोग रहेको छ ।