९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

एमेच्योर ओपन गल्फ: नेपाललाई स्वर्ण, भारत १४ स्ट्रोकले पराजित

एमेच्योर ओपन गल्फ: नेपाललाई स्वर्ण, भारत १४ स्ट्रोकले पराजित
गल्फका स्वर्ण विजेता सद्भाव आचार्य (बायाँ) र सुवास तामाङ
अ अ+ अ-

काठमाडौंः नवौं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगिता अन्तर्गत टिम स्पर्धामा नेपालले स्वर्ण पदक जितेको छ ।

नेपाल नम्बर एक एमेच्योर खेलाडी सुबाश तामाङ र सदभाव आचार्यको जोडीले दोस्रो दिन आज ७–अन्डर १ सय ३७ स्कोर जोडे । समग्रमा १७–अन्डर २ सय ७१ स्कोरसहित भारतलाई १४ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै उनीहरुले नेपाललाई स्वर्ण दिलाएका हुन् । आज सुबाशले ४–अन्डर ६८ र सदभावले ३–अन्डर ६९ स्कोर गरे । सुबाश र सदभावले यसअघि गत मार्चमा बंगलादेश एमेच्योर ओपन गल्फ च्याम्पियनसीपमा पनि टिमतर्फ स्वर्ण पदक जितेका थिए ।

समग्रमा ३–अन्डर २ सय ८५ सहित भारतले रजत पदक प्राप्त गर्यो । आज सुमित कोटवालले ८–अन्डर ६४ र सुरज जोशीले २–ओभर ७४ स्कोर गरे । यो जोडीले आज भारतको लागि ६–अन्डर १ सय ३८ स्कोर जोड्दै दोस्रो स्थान प्राप्त गरेको हो । समग्रमा ५–ओभर २ सय ९३ सहित भुटानले कास्य पदक हात पार्यो । आज ७–ओभर १ सय ५१ स्कोर बनाउने क्रममा उगेन दोर्जीले १–अन्डर ७१ र कर्मा दोर्जी खोर्कोले ८–ओभर ८० मा खेल सकाए ।

प्रतियोगिताको व्यक्तिगततर्फ भारतीय सुमित कोटवाल ८–अन्डर ६४ को सानदार स्कोरमा शीर्ष स्थानमा उक्लिएका छन् । उनले समग्रमा १२–अन्डर १ सय ३२ सहित पहिलो दिनका लिडर नेपालका सुबाश तामाङलाई दुई स्ट्रोकले पछि पारे । ४–अन्डर ६८ को कार्ड बनाएका सुबाशले समग्रमा १०–अन्डर १ सय ३४ को स्कोर बनाउँदा दोस्रो स्थानमा तल झरे । राष्ट्रिय टिमका सदस्य सदभाव आचार्यले आज ३–अन्डर ६९ को स्कोर निकाले। समग्रमा ७–अन्डर १ सय ३७ सहित उनी तेस्रो स्थानमा छन् ।

यसैगरी भुटानका उगेन दोर्जी समग्रमा ४–अन्डर १ सय ४० सहित चौथो, नेपालका टासी छिरिङ र भारतका बरूण मुथप्पा समग्रमा २–अन्डर १ सय ४२ सहित संयुक्तरुपमा पाँचौ स्थानमा रहे । यस्तै नेपालका वाङचेन ढोन्डुप र बंगलादेशका मोहम्मद सुमोन समग्रमा १–ओभर १ सय ४५ सहित सातौं तथा पाकिस्तान उमैर सलिम र नेपालका टासी डोङले समग्रमा ५–ओभर १ सय ४९ स्कोरका साथ संयुक्तरुपमा नवौं स्थान बाँडे ।

भारतका सुमितले बोगी रहित ८–अन्डरको स्कोर बनाउँदा फ्रन्ट र ब्याक नाइन दुवै ४–अन्डर ३२ मा सकाए । उनले दोस्रो, चौंथो, सातौं र आठौं होलमा बर्डी प्रहार गरे । त्यसपछि उनले १०औं, १४औं, १५औं र १८औं होलमा पनि एक–एक सट बचाए ।

सुबाशले फ्रन्ट नाइन १–अन्डर ३५ मा पुरा गरे। पहिलो होलमा बोगी खेपेका उनले ५–पारको तेस्रो होलमा ईगलको सफलता प्राप्त गरे । सातौं होलमा बर्डी प्रहार गर्दा आठौं होलमा एक सट खेर फाले। यसपछि ११औं, १४औ र १८औं होलमा बर्डीको सफलता प्राप्त गर्दै ब्याक नाइन ३–अन्डर ३३ मा पुरा गरे ।

सदभावले बोगी रहित राउण्ड खेले । फ्रन्ट नाइन ३–अन्डर ३३ र ब्याक नाइन इभन–पार ३६ मा सकाए। उनले तेस्रो, सातौं र आठौं होलमा बर्डी प्रहार गर्दा ब्याक नाइनको सबै होलमा पार बचाए ।

महिलातर्फ कश्मीरा शाहले ८–ओभर ८० स्कोर गरिन्। समग्रमा १४–ओभर १ सय ५८ सहित शीर्षस्थानमा उक्लिएकी छिन् । उनले पहिलो दिनकी लिडर सुष्मा सिग्देललाई ३ स्ट्रोकले पछि पारेकी छिन् । सुष्माले आज १२–ओभर ८४ स्कोर गर्दा समग्रमा १७–ओभर १ सय ६१ मा ३६ होलको खेल पुरा गरिन्। १४–ओभर ८६ सहित समग्रमा ४०–ओभर १ सय ८४ सहित तेस्रो स्थानमा रहेकी छिन् । ३६ होलको समाप्तीमा २०–ओभर १ सय ६४ सम्मको स्कोर बनाएका ३० खेलाडीले कट बनाएका छन् । जसमा १६ जना नेपाली खेलाडी रहेका छन् ।

नेपाल गल्फ संघ र नेपाल टुरिजम बोर्डद्वारा संयुक्तरुपमा आयोजित प्रतियोगितामा ४४ पुरुष र सात महिला गरी ५१ गल्फ खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा पुरुष व्यक्तिगत, पुरुष टिम इभेन्ट र महिला व्यक्तिगत गरी तीन स्पर्धामा प्रतिस्पर्धा भैरहेको छ । ५४ होलको प्रतियोगितामा नेपाल, बंगलादेश, भुटान, भारत र पाकिस्तानका खेलाडीको सहभागिता रहेको छ ।

प्रतियोगिता आयोजनाको लागि राष्ट्रिय खेलकूद परिषद्, प्रदेश खेलकूद विकास परिषद्, बागमती प्रदेश, गोकर्ण फरेस्ट गल्फ रिसोर्ट र होटल रोयल सिंगीको सहयोग रहेको छ ।