• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   रोहितको कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा ★   हार्दिक पाण्ड्यालाई २४ लाख जरिवाना ★   विभिन्न देशका ओलम्पिक खेलाडी विराटनगरमा ★   यी ४ टोली टी–२० विश्वकपको सेमिफाइनल पुग्ने, इंग्ल्याण्डका पूर्व कप्तानले गरे भविष्यवाणी ★   पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि नि:शुल्क गरिने ★   बेलायतमा नेपाली कन्सर्ट हुँदै ★   आमिर खानले छिट्टै शाहरुख–सलमानसँग फिल्म गर्ने ★   दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको लक्ष्य हो: उपप्रमुख डंगोल ★   अष्पष्ट दृष्टिकोण र निराशाजनक भाष्यबीच अस्तव्यस्त कृषि ★   दक्षिणी चीनमा राजमार्ग भासिँदा कम्तीमा १९ जनाको मृत्यु, दर्जनौं घाइते

भारतको ‘अखण्ड भारत’ नक्साको विरोधमा राप्रपाको युवा संगठन



काठमाडौं, १६ जेठ । भारतको ‘अखण्ड भारत’को नक्सामा लुम्बिनी र कपिलवस्तु समेटिएको विरोधमा राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन संघर्षमा उत्रिने भएको छ ।

नेपालको राष्ट्रियतमाथि प्रहार गर्ने भारतको उक्त कार्य सच्याउन माग गर्दै संघर्षमा उत्रिन लागेको संगठनका संयोजक अधिवक्ता सुजित केसीले जानकारी दिए ।

भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु र विराटनगर समेटिएको छ । जसको चौतर्फीविरोध भइरहेका बेला राप्रपाको युवा संगठन संघर्षमै उत्रिन लागेको हो ।

‘राष्ट्रियतमाथि प्रहार हुँदा चुप लागेर बस्न सकिँदैन । हामी यसको सशक्त विरोध र भर्त्सना गर्छौं र सच्याउन माग गर्छौं,’ संगठन संयोजक केसीले भने ।

भारतको उक्त कदमले नेपालको राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताविरुद्ध मात्रै नभएर नेपालको राष्ट्रियताथिकै प्रहार भएको उनको भनाइ छ ।

‘भारतको नयाँ संसद भवनमा राखिएको नक्सामा नेपालको भूमि कपिलवस्तु र लुम्बिनीसमेतलाई उल्लेख गर्नु नेपालको राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताविरुद्धको कदम मात्रै होइन यो नेपालको राष्ट्रियता माथीको प्रहार पनि हो । यसको जति भर्त्सना गरेपनि कम हुन्छ । सरकारको गम्भीर ध्यानाकर्षण होस । सबैले यसको डटेर विरोध गरौं,’ उनले भने ।

भारतको नक्साबाट लुम्बिनी, कपिलवस्तुसहित नेपालको स्थान हटाउन माग गर्दै बुधबारबाट संघर्षमा उत्रिन लागेको जानकारी दिँदै उनले विरोध कार्यक्रममा सहभागी हुन सबै नेपालीहरुमा आह्वान पनि गरेका छन् । अध्यक्ष केसीका अनुसार भोली २ बजे गृहमन्त्रीलाई ज्ञापनपत्रसम्म बुझाउने र विरोधसभा गर्ने कार्यक्रम रहेको अध्यक्ष केसीले जानकारी दिए ।