१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

नेपाली काँग्रेसको विशेष महाधिवेशन बोलाउने चेतावनी

नेपाली काँग्रेसको विशेष महाधिवेशन बोलाउने चेतावनी
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य मधु आचार्यले पार्टीको केन्द्रिय कार्यसमितिको बैठक नबोलाए विशेष महाधिवेशन बोलाउन बाध्य हुने चेतावनी दिनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित नेपाली काँग्रेस रुपान्तरण अभियानको वागमती प्रदेश विशेष कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य आचार्यले पार्टीको केन्द्रिय कार्यसमितिको बैठक बोलाउन माग गर्नुभयो । उहाँले पार्टीको विधान अनुरुप हरेक २ महिनामा कम्तिमा एक पटक केन्द्रिय कार्यसमिति बैठक बस्नुपर्ने भएपनि १० महिनासम्म बैठक बस्न नसकेको बताउनु भयो । उहाँले पार्टीका उपसभापति र महामन्त्रीहरुले समेत पदाधिकारी बैठकमा केन्द्रिय कार्यसमितिको बैठक बोलाउन माग गरिएपनि नेतृत्वले नसुनेको बताउनु भयो । उहाँले पार्टीको औपचारिक समितिका बैठकहरु नबोलाएमा विधानले दिएको अधिकार प्रयोग गरी विशेष महाधिवेशन बोलाइने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नेताहरुलाई विनम्रतापूर्वक भन्छौँ, पार्टीका औपचारिक प्लेटफर्महरु यदी सञ्चालनमा ल्याइँदैन । बेलैमा मिटिङहरु बसाइँदैन । केन्द्रिय समितिको बैठक बस्दैन । वर्षमा एकपटक बोलाउनुपर्ने महासमितिको बैठक बस्दैन । पार्टीको केन्द्रिय समितिको बैठकले निर्णय गरेको ६ महिनाभित्रमा नीति अधिवेशन गर्ने भनेको कुराको यदी नीति अधिवेशन पनि बोलाइँदैन भने फेरि विधानले दिएको अधिकारहरु प्रयोग गरेर हामी भोलि विशेष महाधिवेशन समेत बोलाउन बाध्य हुनेछौँ ।’

उहाँले पार्टीले भ्रष्टाचारका कुराहरुलाई ढाकछोप गर्दै हिँडे आगामी दिनमा कठिनाइ हुने बताउनु भयो । काँग्रेस बिग्रिन र सिद्धिन लागेकोले भन्दै उहाँले पार्टीलाई सो अवस्थाबाट जोगाउन रुपान्तरण अभियान चलाएको उल्लेख गर्नुभयो । आफूहरुको अभियान काँग्रेसको चिन्ता गर्नेहरुको अभियान भएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – ‘एउटा निस्कर्षमा, समाधानमा जानका लागि पार्टीलाई जबरजस्त आवश्यकता भइसक्यो । अब यही गतिविधिबाट, यही हिँडाइबाट, यही ढाँचाबाट या भ्रष्टाचारका कुराहरुमा पनि हामी ढाकछोप गर्दै हिँड्ने, पार्टीले एउटा प्रष्ट अभिव्यक्ति नदिने, यही ढंगले हिँड्यौँ भने जनताका बीचमा बस्नुपर्ने पार्टी र जनताको नजरमा दिनहुँ व्यवहार गर्नुपर्ने पार्टी साथीहरुलाई कठिनाइ हुनेछ । गाह्रो हुनेछ । यसले पार्टी दिनदिनै कमजोर बनाउदछ छ । त्यसकारण वास्तवमा यो कुनै गुटको मिटिङ होइन । कुनै गुटको अभियान होइन । काँग्रेस बिग्रिन लाग्यो । काँग्रेस सिद्धिन लाग्यो । काँग्रेस कमजोर गर्न थालियो ।

काँग्रेसलाई जनताले माया गर्न छोड्न थाले । र पार्टी सदस्यहरु पनि दिग्भ्रमित हुन थाले । अब यो अवस्थाबाट काँग्रेस जोगाउनुपर्छ । भोलिको भविष्य यही काँग्रेसबाट खोज्नुपर्छ । साथीहरुलाई यही भित्र आश्वस्त गर्नुपर्छ । जे–जे परिवर्तन गर्नुपर्छ, जे–जे सुधार गर्नुपर्छ । हाम्रै बीचबाट हामी नै गरौँ । हाम्रै काँग्रेसलाई राम्रो बनाउँ । यसैलाई बलियो बनाऔँ । यहीँभित्र देश र जनताको भविष्य सुनिश्चित गरौँ भन्नका लागि यो अभियान अगाडी बढेको हो । त्यसकारण काँग्रेसको बारेमा चिन्ता गर्ने अभियान व्यक्तिको अभियान या गुटको अभियान हुँदैन । काँग्रेसको चिन्ता गर्ने अभियान नेपाली काँग्रेसको अभियान हो । त्यसकारण यो सिंगो कांग्रेसको आवश्यकता हो । सिंगो काँग्रेसको आन्दोलन अभियान हो ।’

आचार्यले आफूहरुले चलाएको अभियान कुनै एक व्यक्ति वा गुटको अभियान नभएको बताउनु भयो ।