१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

प्रधानमन्त्रीले भारतीय पक्षसँग इपीजी प्रतिवेदन ग्रहण गरी कार्यान्वयनमा लैजान विशेष जोड दिनुपर्छः शंकर पोखरेल

प्रधानमन्त्रीले भारतीय पक्षसँग इपीजी प्रतिवेदन ग्रहण गरी कार्यान्वयनमा लैजान विशेष जोड दिनुपर्छः शंकर पोखरेल
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणमा प्रवुद्ध व्यक्ति समूह (इपीजी) प्रतिवेदन ग्रहण गरी त्यसको कार्यान्वयनमा विशेष जोड दिनुपर्ने बताउनु भएको छ ।

पार्टीको केन्द्रिय सम्पर्क समन्वय कमिटीले मंगलबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको ‘प्रधानमन्त्रीको भारत भ्रमण र नेपालको राष्ट्रिय सरोकार’ विषयक छलफल कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सो कुरा बताउनु भएको हो । इपीजी प्रतिवेदन नेपाल–भारत सम्बन्धको नयाँ आधार–पत्र भएको उल्लेख गर्दै उहाँले सो प्रतिवेदनलाई बुझ्ने र कार्यान्वयनमा लैजाने कुरालाई प्रधानमन्त्री दाहालले भारतसँग विशेष जोड दिएर छलफल गर्नुपर्ने बताउनु भयो । महासचिव पोखरेलले भारतले सो प्रतिवेदन नबुझेकै कारण दुई मुलुकबीचको समस्या कायमै रहेको तर्क समेत गर्नु भयो । उहाँले भारतलाई नै सो प्रतिवेदन बुझ्न लगाउनु नेपालको राष्ट्रिय हितमा हुनेतर्फ पनि प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराउनु भयो । महासचिव पोखरेलले भन्नु भयो, ‘सन् १९५० को असमान सन्धि पुनरावलोकन गर्नुपर्नेलगायतका विषयमा मनमोहन अधिकारी प्रधानमन्त्री भएको बेला कुरा उठाइयो ।

हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओली रहेका बखत संयुक्त कार्यदल नै बन्यो । र, त्यसले नेपाल–भारत सम्बन्धमा बारेमा अध्ययन गरिकन रिर्पोट बनाउने काम भएको छ । त्यो इपिजीको रिर्पोट चाँही स्वभाविक रुपमा तयार भईसकेपछि त्यो हाम्रो सम्बन्धको नयाँ एउटा आधार पत्र हो भन्ने मलाई लाग्दछ । त्यो चिज ग्रहण गर्न जति विलम्ब गर्छौ, सम्बन्धमा समस्या रहिरहन्छ । त्यसअर्थमा इपिजीको प्रतिवेदन बुझने र त्यसलाई कार्यान्वयन गर्ने प्रक्रियामा नेपालको तर्फबाट चाँही विशेष जोड हुनु पर्दछ भन्ने मलाई लाग्दछ । नेपालको हितको सर्वाधिक महत्वको विषय चाँही इपिजीको प्रतिवेदनलाई औपचारिकता दिने र त्यसको आधारमा नयाँ सम्बन्ध निर्माण गर्नका लागि त्यसले पहिचान गरेका के–के विषयहरुमा फेरी नयाँ चरणको छलफलको आवश्यक्ता पनि होला दुई राष्ट्रको बीचमा । त्यो प्रक्रियातर्फ प्रवेश गर्नका लागि प्रतिवेदन नबुझेका कारण समस्या भएको छ ।

नेपालले बुझेर त्यसलाई सार्वजनिक गर्नुपर्छ भन्ने कुरा मोरल बुष्टअप गर्ने विषय बन्छ । तर पनि हाम्रो पहिलो जोड चाँही भारतले बुझोस् भन्ने रहँदै आएको छ । त्यसलाई अन्तिम प्रयास गर्ने अर्थमा गर्ने र त्यसको रिर्पोटलाई सार्वजनिक गर्ने विषयद्वारा दवाव सृजना गर्ने विषय दोस्रो चरणको विषय होला भन्ने मलाई लाग्छ । पहिलो कुरा भारतीय पक्षलाई नै रिर्पोट बुझ्नका लागि दवाव सृजना गर्ने कुरा नै नेपालको हितको पक्षमा रहन्छ भन्ने मलाई लाग्छ ।’

महासचिव पोखरेलले चुरे क्षेत्रबाट निर्माण सामग्री भारत निर्यात गर्ने काम नगर्न तथा भूकम्पपछि भारतसँग सम्झौंता गरिएका पुनर्निर्माणका कामहरु सम्पन्न गराउने विषयमा पनि भारतसँग प्रधानमन्त्री दाहालले छलफल गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै सिमाविद् बुद्धिनारायण श्रेष्ठले प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपालको भूमि डुबान हुने, ठूलो धनजनको क्षति हुने भएकाले सीमा क्षेत्रमा बाँध नबाध्नका लागि आग्रह गर्नुपर्ने बताउनु भयो । भारतले बाँध बाँधेकै कारण नेपालमा ठूलो जनधनको क्षति हुने, डुबान हुने भएकाले त्यसलाई रोक्नका लागि प्रधानमन्त्री दाहालले भारतीय समकक्षी मोदीसँग अनौपचारिक भएपनि कुरा राख्नुपर्ने उहाँको भनाई थियो ।

सिमाविद् श्रेष्ठले नेपालको सिमा समस्याका बारेमा भारतीय प्रधानमन्त्री मोदीसँग प्रधानमन्त्री दाहालले कुरा गर्छन भनेर आफूले विश्वास नगरेको पनि बताउनु भयो । उहाँले भन्नु भयो, ‘अनौपचारिक रुपमा भएपनि सिमा क्षेत्रमा भारतले बनाएको बाँधले नेपाली भूभाग डुबानमा परेको छ । मान्छे मरेका छन । अव बाँधहरु निर्माण नगर्न भनेर नेपाली जनताको सन्देशको रुपमा प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्न सक्नु पर्दछ ।’

सिमाविद् श्रेष्ठले भारतको हेपाहा प्रवृत्ति अझै पनि पुरानै शैलीको रहेको र त्यसमा परिवर्तन ल्याउनका लागि नेपालले राष्ट्रिय सहमतीका साथ अघि बढनुपर्ने पनि बताउनु भयो ।