• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo

रेशम चौधरीलाई सजाय माफी दिने निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता, भोलिलाई पेशी



काठमाडौँ । रेशम चौधरीलाई सजाय माफी दिने निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

२०७२ सालमा टिकापुरमा भएको आन्दोलनका पीडित परिवारका तर्फबाट शारदा कठायतले उक्त निर्णय खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेकी हुन् । कठायत उक्त घटनामा मारिएका इन्सपेक्टर केशव बोहराकी पत्नी हुन् ।

चौधरी सोमबार माफी पाएर जेलमुक्त भइसकेका छन् । अदालत स्रोतका अनुसार उक्त रिटको पेशी बुधबारका लागि तोकिएको छ ।

२०७२ भदौ ७ गते टीकापुरमा भएको प्रदर्शनले हिंसात्मक रूप लिँदा ८ जना प्रहरी र १ जना दूधे बालकको ज्यान गएको थियो ।