२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट कार्यान्वयनमा शङ्‍का गर्नु पर्दैन: अर्थमन्त्री



अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट कार्यान्वयनमा शङ्का नगर्न आग्रह गर्नुभएको छ ।

मंगलबार अर्थ मन्त्रालयमा आयोजित पोस्ट बजेट पत्रकार सम्मेलनमा उहाँले बजेटमा लक्ष्य पूरा गर्न सकिने गरि तोकिएको दावी गर्नुभयो । यसलाई कामले प्रमाणित गरिने उहाँको भनाइ थियो ।

यसपटक बजेट कार्यान्वयनका समस्या पहिचान गरी बजेट निर्माण गरिएको भन्दै अर्थमन्त्री महतले बजेट प्रणालीमा सुधार, कार्यान्वयन सुधारमा बुँदागत रुपमै प्रयास गरिएको उल्लेख गर्नुभयो ।

१७ खर्बको बजेटमा पूँजीगत प्रकृतिको बजेट ४ खर्ब ७१ अर्ब हाराहारी रहेको भन्दै पूँजीगत खर्च नघटाइएको उहाँको प्रष्टोक्ति थियो ।