२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपलाई अभ्यास खेलको लागि दक्षिण अफ्रिका नपठाउने ‘लिगल टीम’को निर्णय



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीप लामिछानेलाई विश्वकप छनोट अभ्यास खेलमा सहभागी नगराउने उनको लिगल टीमले निर्णय गरेको छ ।

मुद्दा सुनुवाईमा ढिलाई भएका कारण दक्षिण अफ्रिकामा हुने अभ्यास खेलमा उनी नजाने निर्णय भएको सन्दीपका कानून व्यवसायी सरोज घिमिरेले जानकारी दिए ।

सन्दीपको जिम्बावे भ्रमणबारेमा पनि अझै निर्णय भइनसकेको घिमिरेले बताए । उनले भने, ‘मुद्दाको टुंगो नलगाई उनी नजाने हाम्रो लिगल टिमको निर्णय भयो । जिम्बावे भ्रमणबारे अझै केही निर्णय भइसकेको छैन’।

नेपालले आगामि जुन जुलाईमा विश्वकप छनोटको लागि जिम्बावे भ्रमण गर्दैछ । सन्दीपविरुद्ध लागेको नाबलिक बलात्कारको आरोपको फैसला सुनुवाई हुननसक्दा उनी भ्रमणमा सहभागि हुने नहुने भन्नेबारे अझै निर्णय हुनसकेको छैन ।

मंगलबारका लागि पेशी तोकिएपनि पीडित भनिएकी किशोरीले क्षतिपूर्ति पाउनुपर्ने माग राखी निवेदन दिएकाले त्यसको निर्णयपछि मात्र फैसला सुनुवाई हुने भएको छ। न्यायाधीश शंकरबहादुर राईको इजलासमा आजलाई उक्त पेसी तोकिए पनि सुनुवाइ नगरिएको हो ।