१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

नवलपुर प्रहरीले बेच्यो रु ४१ लाखका सवारीसाधन

नवलपुर प्रहरीले बेच्यो रु ४१ लाखका सवारीसाधन
अ अ+ अ-

नवलपुर । जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ । जाँचका क्रममा आवश्यक कागजपत्र अभावमा प्रहरीले नियन्त्रणमा लिएका सवारीसाधन बिक्री गरी रु ४१ लाख ४३ हजार राजस्व सङ्कलन भएको जनाइएको छ ।

प्रहरी उपरीक्षक भूवनेश्वर तिवारीले कसुरजन्य सम्पत्ति नियन्त्रण र जफत गर्ने वा बिक्री गर्ने ऐनअनुसार बरामद सवारीसाधन बिक्री गरिएको बताउनुभयो ।

“जिल्लाका विभिन्न ठाउँमा सवारी जाँच गर्ने क्रममा बरामद भएका दुई वर्ष पुराना सवारीसाधन लिलाम बिक्री गरेका हौँ”, उहाँले भन्नुभयो, “पटक पटक सार्वजनिक सूचना जारी गरेर आफ्नो सवारीसाधन लैजान आग्रह गर्दा पनि सवारीसाधनका धनी लिन नआएपछि दुई सय ६१ वटा स्कुटर तथा मोटरसाइकल र १० वटा गाडी बिक्री गरिएको हो ।” ऐनअनुसार प्रजिअको अध्यक्षतामा सरकारी वकिल, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख, अदालतका कमर्चारी गरी चार जनाको मूल्याङ्कन समिति गठन गरेर बरामद गरिएका सवारी साधन मूल्याङ्कन गरी बिक्री गरिएको प्रहरी उपरीक्षक तिवारीको भनाइ थियो ।

“हामीले चोरीका सवारीसाधनको विवरण बनायौँ, ती साधन बिक्री गर्नका लागि मूल्याङ्कन समिति बन्यो” उहाँले भन्नुभयो, “समितिसँग बैठक बस्यौँ, बैठकले प्राविधिकसहितको मूल्याङ्कन उपसमिति बनायो र सोहीअनुसार सवारीसाधनहरु बिक्री गर्न सहज भयो ।” उपसमितिले ३८ वटा गाडी चलाउन योग्य भएको प्रतिवेदन तयार पारेको पनि प्रहरी उपरीक्षक तिवारीले बताउनुभयो । “ ती गाडीहरु सरकारी कार्यालयलाई दिन मिल्ने व्यवस्था रहेछ, ”, उहाँले भन्नुभयो, “त्यसका लागि हामीले सरकारलाई लेखेर पठाएका छौँ, सरकारबाट अनुमति भयो भने ती ३८ गाडी सरकारी कार्यालयलाई वितरण गरिदिन्छौँ ।”

प्रजिअको अध्यक्षतामा बनेको समितिले सबै सवारीसाधनको विवरतणसहित सवारीधनीलाई दाबी विरोध गर्न आउने १५ दिने सूचना निकाल्दा आठवटा बाइक तथा स्कुटर मात्रै सम्बन्धित धनीले लिएर गएका थिए । “हामीले राष्ट्रिय पत्रिका, जिल्ला प्रशासन कार्यालयको वेबसाइट, प्रदेश प्रहरी कार्यालयको वेबसाइट तथा सामाजिक सञ्जालमा सार्वजनिक सूचना राखेका थियौँ”, प्रहरी उपरीक्षक तिवारीले भन्नुभयो, “१५ दिनको सूचनामा जम्मा आठ जनाले निवेदन दिए र उनीहरूको सवारीसाधन फिर्ता गर्‍यौँ ।” बाइक, स्कुटर र गाडी गरी बाँकी रहेका दुई सय ७१ वटा सवारीसाधनलाई पुन: लिलाम बिक्रीका लागि सूचना निकालिएको उहाँले बताउनुभयो ।

नेपालमै पहिलो पटक आफूहरुले नौलो प्रयोग गरेको उल्लेख गर्दै प्रहरी उपरीक्षक तिवारीले आफूहरुले गरेको कामको अनुसरण अन्य कार्यालयलहरुले गर्न गर्न थालेको बताउनुभयो ।

चोरी तथा कागजपत्र नभएका सवारीसाधनहरु बरामद गरी राख्दा सवारीसाधनको पाटपुर्जा खिइएर जाने गरेको थियो । जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा डिभिजन वन कार्यालयमा चोरीका सवारीसाधनहरु कुहिएर बस्ने गरेका थिए । रासस