२५ श्रावण २०८३, सोमबार
,
Latest
क्यान्सर उपचारमा विश्वस्तरीय सेवा प्रदान गर्दै नेपाल क्यान्सर हस्पिटल मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागी हुन आह्वान राखेप बोर्ड सदस्यमा धनीराम र ललिता साउनको अन्तिम सोमबारः गोदान, पूर्णपात्र गरी साउने व्रत समापन देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा गर्न माग, सम्झौता कार्यान्वयन नभए आन्दोलनको चेतावनी इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्युः प्रहरी उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै भन्सार छलेर ल्याइएका सामान बरामद आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः शुभमन गिल मालामाल, अन्य कसले कति पुरस्कार पाए ?



अ+ अ-

एजेन्सी । १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)ले विजेता पाएको छ । डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सलाई हराउँदै चेन्नई सुपर किंग्सले पाँचौं पटक उपाधि जितेको हो । सोमबार रिजर्भ डेमा अहमदाबादमा भएको फाइनलमा चेन्नई ५ विकेटले विजयी भएको थियो । अन्तिम २ बलमा रविन्द्र जडेजाले एक छक्का र एक चौका प्रहार गर्दै टोलीलाई जित दिलाए ।

उपाधि जितेकोमा चेन्नईले २० करोड रुपैयाँ (भारु) पुरस्कार पाएको छ । जबकि उपविजेता गुजरात टाइटन्सले १२.५० करोड जित्यो । तेस्रो स्थानमा रहेको मुम्बई इन्डियन्सले ७ र चौथो स्थानको लखनउ सुपर जाइन्ट्सले ६ करोड ५० लाख रुपैयाँ पाए ।

फाइनलका प्लेयर अफ म्याच डेभोन कोनवेले ५ लाख प्राप्त गरे । अर्कोतर्फ फाइनलमा पराजित गुजरात टाइटन्सका ३ खेलाडीले व्यक्तिगत ९ मध्ये ६ अवार्ड जितेका छन् । शुभमन गिलले अधिकतम ४ अवार्ड जितेका छन् भने अवार्डसँगै उनले ४० लाख रुपैयाँको पुरस्कार पनि जितेका छन् ।

जान्नुहोस् पुरस्कार विवरणः
ओरेन्ज क्याप (१० लाख)
शुभमन गिल
खेल – १७
रन – ८९०

पर्पल क्याप (१० लाख)
मोहम्मद शामी
खेल – १७
विकेट – २८

क्याच अफ दी सिजन (१० लाख)
राशिद खान (लखनउविरुद्धको क्याच)

सर्वाधिक चौका (१० लाख)
शुभमन गिल (८५ चौका)

लामो छक्का प्रहार (१० लाख)
फाफ डु प्लेसिस (११५ मिटर लामो छक्का, लखनउविरुद्ध)

इलेक्ट्रिक स्ट्राइकर अफ दि सिजन (१० लाख)
ग्लेन म्याक्सवेल
खेल – १४
रन – ४००
स्ट्राइक रेट – १८३.४८

गेम चेन्जर अफ दि सिजन (१० लाख)
शुभमन गिल

प्लेयर अफ दि टुर्नामेन्ट (१० लाख)
शुभमन गिल

इमर्जिङ प्लेयर अफ दि सिजन (१० लाख)
यशस्वी जैसवाल
खेल – १४
रन – ६२५