५ पुष २०८२, शनिबार
,
Latest
गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः शुभमन गिल मालामाल, अन्य कसले कति पुरस्कार पाए ?



अ+ अ-

एजेन्सी । १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)ले विजेता पाएको छ । डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सलाई हराउँदै चेन्नई सुपर किंग्सले पाँचौं पटक उपाधि जितेको हो । सोमबार रिजर्भ डेमा अहमदाबादमा भएको फाइनलमा चेन्नई ५ विकेटले विजयी भएको थियो । अन्तिम २ बलमा रविन्द्र जडेजाले एक छक्का र एक चौका प्रहार गर्दै टोलीलाई जित दिलाए ।

उपाधि जितेकोमा चेन्नईले २० करोड रुपैयाँ (भारु) पुरस्कार पाएको छ । जबकि उपविजेता गुजरात टाइटन्सले १२.५० करोड जित्यो । तेस्रो स्थानमा रहेको मुम्बई इन्डियन्सले ७ र चौथो स्थानको लखनउ सुपर जाइन्ट्सले ६ करोड ५० लाख रुपैयाँ पाए ।

फाइनलका प्लेयर अफ म्याच डेभोन कोनवेले ५ लाख प्राप्त गरे । अर्कोतर्फ फाइनलमा पराजित गुजरात टाइटन्सका ३ खेलाडीले व्यक्तिगत ९ मध्ये ६ अवार्ड जितेका छन् । शुभमन गिलले अधिकतम ४ अवार्ड जितेका छन् भने अवार्डसँगै उनले ४० लाख रुपैयाँको पुरस्कार पनि जितेका छन् ।

जान्नुहोस् पुरस्कार विवरणः
ओरेन्ज क्याप (१० लाख)
शुभमन गिल
खेल – १७
रन – ८९०

पर्पल क्याप (१० लाख)
मोहम्मद शामी
खेल – १७
विकेट – २८

क्याच अफ दी सिजन (१० लाख)
राशिद खान (लखनउविरुद्धको क्याच)

सर्वाधिक चौका (१० लाख)
शुभमन गिल (८५ चौका)

लामो छक्का प्रहार (१० लाख)
फाफ डु प्लेसिस (११५ मिटर लामो छक्का, लखनउविरुद्ध)

इलेक्ट्रिक स्ट्राइकर अफ दि सिजन (१० लाख)
ग्लेन म्याक्सवेल
खेल – १४
रन – ४००
स्ट्राइक रेट – १८३.४८

गेम चेन्जर अफ दि सिजन (१० लाख)
शुभमन गिल

प्लेयर अफ दि टुर्नामेन्ट (१० लाख)
शुभमन गिल

इमर्जिङ प्लेयर अफ दि सिजन (१० लाख)
यशस्वी जैसवाल
खेल – १४
रन – ६२५