९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

महिला टि२० आई: नेपालले मलेसियालाई ७ विकेटले हरायो

महिला टि२० आई: नेपालले मलेसियालाई ७ विकेटले हरायो
अ अ+ अ-

काठमाडौं । महिला टि२० आईको दोस्रो खेलमा नेपालले घरेलु टोली मलेसियामाथि ७ विकेटले पराजित गरेको छ । यससँगै यस सिरिजमा नेपाल र मलेसिया १-१ को बराबरीमा रहेको छ ।

जितको लागि मलेसियाले दिएको ९७ रनको लक्ष्य पछ्याएको नेपालले १७.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा कप्तान रुविना क्षेत्री बेलबासे २१ बलमा २९ रनमा नट आउट रहिन् । नेपाललाई ओपनर कविता कुँवरले ४३ बलमा २ चौकासहित २६ रन बनाइन् भने सीता रानामगर २२ बलमा २ चौका र १ छक्कासहित २३ रनमा बोल्ड आउट भइन् । विन्दु रावलले १७ रन बनाईन भने सम्झना खड्का २ रनमा नटआउट रहिन् ।

यस्तै बलिङतर्फ मलेसियाकी ऐश्या एलिसा, निक नुर र विनीफ्रन्ड आनीले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९६ रन बनाएको थियो । मलेसियाको लागि मास एलिसा यासमिन जुक्किफीले सर्वाधिक २८ रन बनाएकी थिइन् । जुलिया र विनीफ्रेदले समान २० रन बनाउदा हामिजाह हाशिम १४ रनमा नटआउट रहिन् ।

नेपालको लागि कप्तान रुविना क्षेत्री बेलबासेले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिइन् । इन्दु बर्मा ४ ओभरमा ११ रन खर्चेर १ विकेट लिए ।कविता कुँवरले ३ ओभरमा ९ रन खर्चेर १ विकेट लिइन् ।

सोमबार भएको पहिलो खेलमा नेपाल मलेसियासँग ५० रनमा अल आउट हुँदै ५ विकेटले पराजित भएको थियो । अब नेपालले जेठ १८ मा (जुन १) मा तेस्रो खेल खेल्नेछ भने जेठ २० र २१ (जुन ३ र ४) मा चौथो र पाँचौं खेल खेल्नेछ।

नेपालको टोली :- रुविना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, इन्दु बर्मा, कविता कुवँर, कविता जोशी, अश्मिना कर्माचार्य, कृतिका मरासिनी, विन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विष्ट, ज्याति पाण्डे र सरस्वती चौधरी ।