५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला टि२० आई: नेपालले मलेसियालाई ७ विकेटले हरायो



अ+ अ-

काठमाडौं । महिला टि२० आईको दोस्रो खेलमा नेपालले घरेलु टोली मलेसियामाथि ७ विकेटले पराजित गरेको छ । यससँगै यस सिरिजमा नेपाल र मलेसिया १-१ को बराबरीमा रहेको छ ।

जितको लागि मलेसियाले दिएको ९७ रनको लक्ष्य पछ्याएको नेपालले १७.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा कप्तान रुविना क्षेत्री बेलबासे २१ बलमा २९ रनमा नट आउट रहिन् । नेपाललाई ओपनर कविता कुँवरले ४३ बलमा २ चौकासहित २६ रन बनाइन् भने सीता रानामगर २२ बलमा २ चौका र १ छक्कासहित २३ रनमा बोल्ड आउट भइन् । विन्दु रावलले १७ रन बनाईन भने सम्झना खड्का २ रनमा नटआउट रहिन् ।

यस्तै बलिङतर्फ मलेसियाकी ऐश्या एलिसा, निक नुर र विनीफ्रन्ड आनीले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९६ रन बनाएको थियो । मलेसियाको लागि मास एलिसा यासमिन जुक्किफीले सर्वाधिक २८ रन बनाएकी थिइन् । जुलिया र विनीफ्रेदले समान २० रन बनाउदा हामिजाह हाशिम १४ रनमा नटआउट रहिन् ।

नेपालको लागि कप्तान रुविना क्षेत्री बेलबासेले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिइन् । इन्दु बर्मा ४ ओभरमा ११ रन खर्चेर १ विकेट लिए ।कविता कुँवरले ३ ओभरमा ९ रन खर्चेर १ विकेट लिइन् ।

सोमबार भएको पहिलो खेलमा नेपाल मलेसियासँग ५० रनमा अल आउट हुँदै ५ विकेटले पराजित भएको थियो । अब नेपालले जेठ १८ मा (जुन १) मा तेस्रो खेल खेल्नेछ भने जेठ २० र २१ (जुन ३ र ४) मा चौथो र पाँचौं खेल खेल्नेछ।

नेपालको टोली :- रुविना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, इन्दु बर्मा, कविता कुवँर, कविता जोशी, अश्मिना कर्माचार्य, कृतिका मरासिनी, विन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विष्ट, ज्याति पाण्डे र सरस्वती चौधरी ।