६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रथम कोप चेसमा सुदिप बने च्याम्पियन



अ+ अ-

काठमाडाैंः पहिलो कोप ब्लिज रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधी सोमबार काठमाडौंका युवा खेलाडी सुदिप तामाङले जितेका छन् । उनले नवौं चरणको खेलमा पुरुषोत्तम सिलवालसँग बराबरी खेलेका थिए । सुदिपले ६ खेलमा जित र ३ खेलमा बराबरी खेल्दै साढे ७ अंक जोडेका थिए । उनले उपाधीका साथ १० हजार नगद पुरस्कार जिते ।

गणतन्त्र दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघको आयोजना, नेपाल बुद्धिचाल महासंघको सहयोजनामा भएको प्रतियोगितामा समान साढे सात अंक जोडेका फडे मास्टर क्षितिज भण्डारी दोस्रो भए । उनी सुदिपसँग प्रोगे्रशिप टाइब्रेकरमा पछि परे । उनले सात हजार नगद पुरस्कार जिते । नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैसवालले तेस्रो स्थानमा चित्त बुझाए । उनी अन्तिम चरणमा क्षितिज सँग बराबरी खेल्न पुगेका थिए ।

पुरुषोत्तम सिलवाल, सुुश्रुत दाहाल, सजिन महर्जन, आशिष फुयाल, सुरविर लामा, राजन पुरी र श्रीलंकाकी ओमवन आइएम एम सचिन राणसिंगे क्रमश चौथो देखि दशौं स्थानमा रहे । राणसिंगे महिलातर्फ प्रथम भइन् । ५५ बर्ष उमेरसमूह माथि भने भगवती प्रसाद शर्मा उत्कृष्ट रहे । सहकारीतर्फ एनसीएफका डिजिएम सुरेश थापा प्रथम भए, महिलातर्फ पुनम प्रसानी उत्कृष्ट भइन् । एक हजारदेखि १६ सयसम्मको रेटिङतर्फ खोमप्रसाद तिमल्सिना उत्कृष्ट भए । वेष्ट र्याङ्क सुधार गर्नेमा मनोज कुमार श्रेष्ठ उत्कृष्ट रहे ।

विजेता खेलाडीलाई राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल, उपाध्यक्ष रमेश पोखरेल, महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष विदुर गौतमले पुरस्कार वितरण गरेका थिए । महासंघका अध्यक्ष कँडेलले चेस प्रतियोगितालाई आगामी दिनमा अझै भव्य रुपमा आयोजना गर्ने घोषणा गरे । ललितपुर जिल्ला बुद्धिचाल संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा १११ जनाको सहभागीता रहेको प्रमुख आर्विटर उमेश केसीले बताए । प्रतियोगितामा नेपाल, भारत र श्रीलंकाका खेलाडीहरुको सहभागीता रहेको थियो । प्रतियोगिताको उद्घाटन पूर्व मन्त्री केशव बडाल र नेपाल बुद्धिचाल महासंघका अध्यक्ष गौतमले चेसको गोटी चालेर गरेका थिए । सो अवसरमा नेपाल बुद्धिचाल महासंघका पूर्व अध्यक्ष स्व राजेशहरी जोशीले चेस र सहकारीलाई सँगसँगै लैजाने खोजेको र आज त्यो सपना पुरा भएको बत्ताहरुले बताएका थिए ।