९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिलाले सलमानलाई भनिन्– मसँग बिहे गर, सलमानको जवाफः विवाहको उमेर गइसक्यो



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता सलमान खान हालै आइफा अवार्डमा सहभागी भएका थिए । कार्यक्रममा जाँदा रेड कार्पेटमा उनीसँग एउटा रमाइलो घटना घट्यो ।

मिडियामा उपस्थित कुनै एक महिलाले सलमानलाई विवाहको प्रस्ताव राखेकी थिइन् । ती महिलाले आफू सलमानलाई भेट्न निकै लामो यात्रा गरेको बताइन् ।

महिलाको प्रस्तावमा सलमानले आफ्नो बिहेका दिन सकिएको बताए । सलमानले युवतीलाई भने, ‘तिमी २० वर्षअघि भेटेको भए म केही सोच्ने थिएँ ।’ यति भन्दै सलमान र त्यहाँ उपस्थित मानिसहरु हाँस्न थाले ।

यस कार्यक्रममा महिलाले सलमानलाई पर्दामा देखेपछि आफू प्रेममा परेको बताइन् । त्यसपछि सलमानले भने, तिमी शाहरुख खानको कुरा गर्दैछौ ? महिलाले भनिन् कि उनी वास्तवमा उनी (सलमान) को बारेमा कुरा गर्दैछन् ।

यो पहिलो पटक भने होइन जब कसैले सलमानलाई विवाहको बारेमा सोधेको हो । ५७ वर्षीय सलमानलाई धेरै पटक विवाहको लागि सोधिएको थियो तर उनको जवाफ सधैँ ‘हुन्न’ मा रहन्छ । सलमानले बिहे गर्ने बारे नसोचेको पनि होइन । धेरै पटक यस्तो भयो कि उनी बिहे गर्ने तयारीमा थिए तर अन्तिम समयमा कुनै न कुनै कारणले कुरा बिग्रियो ।