२६ श्रावण २०८३, मंगलवार
,
Latest
ज्येष्ठ नागरिकमाथि दुर्व्यवहारको आरोप, बेलफीका प्रमुख प्रशासकीय अधिकृतलाई ३ दिनभित्र उपस्थित भएर स्पष्टीकरण पेश गर्न… ५० जना माउन्टेन गाइडलाई कन्टेन्ट क्रिएटर तालिम प्रदान आर्थिक प्रलोभनमा पारी बालिकाको डिम्ब निकालिएको घटनाप्रति संसदको ध्यानाकर्षण, दोषीलाई कारबाही गर्न माग प्रधानमन्त्रीको ‘एक्लोपन’ माथि एमाले सांसद थेबेको प्रश्नः ‘कुन आधारमा साथ दिने ?’ खुश्बुको प्रश्नः ‘तथ्याङ्कमा मल छ, किसानको खेतमा किन छैन ?’ भारतमा रहेका नेपालीको सुरक्षा र अधिकार सुनिश्चित गर्न सांसद रमेश मल्लको माग मन्त्रिपरिषद् बैठक सुरु अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी चितवनकाे खोला किनारमा एक व्यक्ति मृत फेला लैङ्गिक हिंसा र जातीय विभेदविरुद्ध सरकारी पहल देशव्यापी बनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाँजाखेतीको प्रस्तावप्रति पूर्वमन्त्री तामाङ खुसी



fbt
अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतबाट सङ्घीय संसद्को संयुक्त बैठकमा सोमबार प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को बजेटमा गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्न गरिएको प्रस्तावप्रति पूर्वजनसङ्ख्या तथा स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले खुसी व्यक्त गरेका छन् ।

नेपालमा गाँजाको वैधानिक र व्यावसायिक खेतीका लागि वकालत गर्दै आएका नेकपा (एमाले)का स्थायी कमिटीका सदस्य तामाङले बजेटबारे प्रतिक्रिया दिँदै यसलाई गाँजाखेतीको वैधानिकतामा पहिलो खुट्किलो भएको टिप्पणी गरेका छन् ।

उनले भनेका छन्, “सरकार र समर्थनलाई धन्यवाद । हामी सबैलाई बधाई ।”