२५ श्रावण २०८३, सोमबार
,
Latest
इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्युः प्रहरी उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै भन्सार छलेर ल्याइएका सामान बरामद आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह ट्रक व्यवसायी महासंघ र सानिमा बैंकबिच सम्झौता, नागढुंगा सुरुङमार्गको शुल्क भुक्तानी क्यूआरबाट हुने दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने १० मेगावाटमुनिका जलविद्युत आयोजनाको पीपीए प्रक्रिया अघि बढाउने प्राधिकरणको तयारी गृहमन्त्री गुरुङ र उद्योगमन्त्री यादवको उपस्थितिमा मधेश प्रदेशका सांसदसँग छलफल विशेष सेवा विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल फाइनलः वर्षाले खेल प्रभावित



अ+ अ-

एजेन्सी । १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेल वर्षाले प्रभावित भएको छ । चार पटकको च्याम्पिय चेन्नई सुपर किंग्स र साविक विजेता गुजरात टाइटन्स उपाधिका लागि प्रतिस्पर्धामा छन् ।

टस हारेर पहिले ब्याटिङ थाल्दै गुजरातले चेन्नईसामु २१५ रनको लक्ष्य दिएको छ । २१५ रनको लक्ष्य पछ्याएको चेन्नईले पहिलो ओभरको तीन बल गर्दा नै खेल वर्षाले प्रभावित बनेको हो ।

यसअघि हिजो आइतबार वर्षा बाधक बनेर खेल हुन नसकेपछि आज रिजर्भ डेमा फाइनल खेलाइएको हो ।

गुजरातका लागि साई सुदर्शनले बिष्फोटक पारी खेले । उनले ४७ बलमा ९६ रन जोडे । उनको ब्याटबाट ६ छक्का र ८ चौका प्रहार भयो । यस्तै, ऋद्धिमान साहाले ३९ बलमा ५४, शुभमन गिलले २० बलमा ३९ रन जोड्दा हार्दिक पाण्ड्या १२ बलमा २१ रनमा अविजित रहे ।

चेन्नईका लागि बलिङतर्फ मथिशा पथिरानाले दुई तथा रविन्द्र जडेजा र दीपक चाहरले एक–एक विकेट लिए ।