• ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
  •   Unicode
Logo
Latest
★   सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत ★   वाङ्मयका अग्ला साधक छोटा ★   कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्‍याउन आवश्यक: अध्यक्ष नेपाल ★   प्रतिनिधिसभाको बैठक चार बजेलाई सर्यो ★   सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुन एमालेलाई माधव नेपालको आग्रह ★   गिरिबन्धु टि स्टेटबारे ओलीलाई देउवाको प्रश्न: आफूले गरेको कुरा गरेको हो भन्न के आपत्ति ? ★   हैदरावादलाई प्ले अफमा पुग्न इलिमिनेट टोली गुजरातको चुनौती ★   ओलीलाई शेखरको जवाफ: कुनै राजनीतिक दलको धम्कीले काँग्रेस डराउँदैन ★   संसद् बैठक अघि सभामुखले प्रमुख सचेतकसँग छलफल गर्ने ★   सुन र चाँदीको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार?

चेन्नईलाई फाइनल जित्न २१५ रनको लक्ष्य



एजेन्सी । ईन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधिका लागि गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा जारी छ ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा जारी खेलमा गुजरातले चेन्नईलाई २१५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ थालेको गुजरातले २० ओभरमा ४ विकेटको क्षतिमा २१४ रन जोडेको हो ।

गुजरातका लागि साई सुदर्शनले बिष्फोटक पारी खेले । उनले ४७ बलमा ९६ रन जोडे । उनको ब्याटबाट ६ छक्का र ८ चौका प्रहार भयो । यस्तै, ऋद्धिमान साहाले ३९ बलमा ५४, शुभमन गिलले २० बलमा ३९ रन जोड्दा हार्दिक पाण्ड्या १२ बलमा २१ रनमा अविजित रहे ।

चेन्नईका लागि बलिङतर्फ मथिशा पथिरानाले दुई तथा रविन्द्र जडेजा र दीपक चाहरले एक–एक विकेट लिए ।