![](https://newspolar.com/wp-content/uploads/2022/03/1551618951suchana_mantralay_7RwJYMtKhR_WPjXoBE84n.jpg)
काठमाडौँ । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि रु आठ अर्ब ७१ करोड विनियोजन गरेको छ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ बजेट सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् ।
चालु आवमा सञ्चारमा रु आठ अर्ब ५९ करोड बजेट विनियोजन गरिएको थियो ।