• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

बजेट अपडेटः यो वर्ष मात्रै ११ खर्ब ७९ अर्ब राजस्व उठ्ने, आन्तरिक ऋण पूरै उठाइने



काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ मा जम्मा ११ खर्ब ७९ अर्ब राजस्व उठ्ने आंकलन गरेको छ ।

अर्थमन्त्री प्रकाशशरण महतले सार्वजनिक गरेको बजेटमा सो कुरा उल्लेख गरिएको हो ।

यस्तै, सरकारले विभाज्य कोषमा जाने रकमसहित १४ खर्ब ३ अर्ब रूपैयाँको राजस्व अनुमान गरेकोमा साढे ३ खर्ब कम राजस्व अनुमान गरिएको छ । जेठ १५ गतेसम्म सात खर्ब ८८ अर्ब राजस्व उठेको छ।

त्यस्तै ५५ अर्ब रूपैयाँको अनुदान अनुमान गरिएकोमा जम्मा ३८ अर्ब मात्रै आउने आंकलन गरिएको छ ।

वैदेशिक ऋण एक खर्ब ७० अर्ब परिचालन हुने अनुमान गरिएको छ । आन्तरिक ऋण भने बजेट लक्ष्यभन्दा बढी दुई खर्ब ५६ अर्ब नै परिचालन हुने अनुमान गरिएको छ ।