२५ मंसिर २०८२, बिहीबार
,
Latest
आज अन्तरराष्ट्रिय पर्वत दिवस एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै जेन–जीको एक समुह र सरकार–बीचको सम्झौता मिराज समुहले स्वीकार नगर्ने एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन
तपाईं के खोज्दै हुनुहुन्छ ?

५० रन मै अलआउट भएको नेपालको मलेसियाबिरुद्ध लज्जास्पद हार



अ+ अ-

काठमाडौँ । मलेसियामा जारी टी–२० शृङ्खलाको पहिलो खेलमा नेपाली महिला क्रिकेट टिमले मलेसियाबिरुद्ध लज्जास्पद हार बेहोरेको छ । खराब ब्याटिङ प्रदर्शन गरेको नेपाल मलेसियासँग ५ विकेटले पराजित भएको छ ।

आजदेखि सुरु भएको प्रतियोगितामा नेपालले मलेसियासँग ५ खेलको सिरिज खेल्नेछ । नेपालले यसअघि मलेसियासँग टि२० आईमा तीन खेल खेल्दा सबैमा जित निकालेको थियो ।

जितको लागि नेपालले दिएको ५१ रनको सामान्य विजयी लक्ष्य मलेसियाले १३.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । मलेसियाको जितमा ओपनर वान जुलिया वान मोहम्मद रोस्दीले २ चौकासहित १३ रनको योगदान दिइन् । यस्तै, आइना हामिजाह हशिम १२ रनमा नट आउट रहिन् ।

बलिङतर्फ नेपालकी सीता रानामगरले ४ ओभरमा १ मेडनसहित १३ रन खर्चेर २ विकेट लिइन् । कप्तान रुविना क्षेत्री बेलबासेले ४ ओभरमा ७ रन खर्चेर २ विकेट लिइन् भने कविता कुँवरले २ ओभरमा ४ रन खर्चेर १ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिला ब्याटङको निम्तो पाएको नेपालले १६.५ ओभरमा ५० रन बनाएर अल आउट भएको थियो । नेपालको लागि डेब्यू खेल खेलेकी सम्झना खड्काले सर्वाधिक १३ रन बनाइन् । यस्तै, ज्योति पाण्डे ११ रन जोडिन् । लज्जास्पद ब्याटिङ गरेका नेपालका अन्य ९ खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

एक समय ४१-३ को अवस्थामा रहेको नेपालले ५० रनमा सबै विकेट गुमाएको थियो । नेपालले अन्तिम ९ रनमा ७ विकेट गुमाएपछि ५० रनमै अल आउट हुन पुगेको थियो।

मलेसियाकी निक नुर डीनले ४ ओभरमा १ मेडनसहित ९ रन खर्चेर सर्वाधिक तीन विकेट लिइन् । ऐश्या एलिसा २ ओभरमा ९ रन खर्चेर २ विकेट लिइन् । हमिजाह र महिराह इश्लामीले पनि समान २ विकेट लिइन् ।

नेपालले अब दोस्रो खेल भोली खेल्नेछ । जेठ १८ मा (जुन १) मा नेपालले तेस्रो खेल खेल्नेछ । जेठ २० र २१ (जुन ३ र ४) मा नेपालले चौथो र पाँचौं खेल खेल्नेछ।