२५ श्रावण २०८३, सोमबार
,
Latest
क्यान्सर उपचारमा विश्वस्तरीय सेवा प्रदान गर्दै नेपाल क्यान्सर हस्पिटल मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागी हुन आह्वान राखेप बोर्ड सदस्यमा धनीराम र ललिता साउनको अन्तिम सोमबारः गोदान, पूर्णपात्र गरी साउने व्रत समापन देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा गर्न माग, सम्झौता कार्यान्वयन नभए आन्दोलनको चेतावनी इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्युः प्रहरी उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै भन्सार छलेर ल्याइएका सामान बरामद आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज पनि अहमदाबादमा भारी वर्षाको सम्भावना, खेल हुन नसके कुन टिम च्याम्पियन बन्नेछ ?



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज रिजर्भ डेमा चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीच फाइनल खेल हुँदैछ । आइतबार अहमदाबादमा पानी परेको थियो जसका कारण खेल हुन सकेन । सोही कारण आज साँझ ७ः४५ बजेदेखि नरेन्द्र मोदी रंगशालामा खेल हुने भएको हो ।

आइतबार जस्तै सोमबार पनि अहमदाबादमा भारी वर्षाको सम्भावना छ । रातिको खेलमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ ।

रिजर्भ डेमा पनि वर्षा भएमा के हुन्छ ?
पहिलो अम्पायरले राति ९ः४५ सम्म पर्खनेछन् । यदि यो समयमा खेल सुरु भयो भने, ओभरमा कुनै कमी हुनेछैन । यसपछि प्रत्येक एक घण्टा कम भएमा १४ ओभर घटाइनेछ । (यदि खेल राति १०ः१५ बजे खेल सुरु हुन्छ भने कुल २६ ओभरको खेल हुनेछ । दुबै टोलीले १३–१३ ओभर खेल्नेछन् ।)

खेल राति १२ः१५ बजे सुरु भएमा दुवै टोलीले ५–५ ओभर खेलेर विजेताको टुङ्गो लगाइनेछ ।

राति १२ बजेपछि मैदान सुक्खा भए र खेल्ने सम्भावना देखिएमा सुपर ओभरबाट आइपीएल २०२३ को च्याम्पियनको टुंगो लाग्नेछ ।

वर्षाका कारण खेल नभए गुजरातको टोली च्याम्पियन बन्ने छ किनभने यो टोली २० अंकसहित लिग चरणको शीर्ष स्थानमा छ ।

लिग इतिहासमा पहिलो पटक दुवै टोली फाइनलमा भिड्दैछन् । गुजरातको यो दोस्रो सिजन मात्र हो, गत वर्ष टोली च्याम्पियन बनेको थियो तर चेन्नई भने समूह चरणबाटै बाहिरिएको थियो ।

नरेन्द्र मोदी स्टेडियम गुजरातको घरेलु मैदान हो । यस खेलमा गुजरातले अहिलेसम्म नौ खेल खेलेको छ जसमा उसले छ जित र तीन हार बेहोरेको छ । अर्कोतर्फ चेन्नईले यस मैदानमा अहिलेसम्म तीन खेल खेलेको छ र तीनवटै हार बेहोरेको छ । नरेन्द्र मोदी स्टेडियम पहिले सरदार पटेल स्टेडियम, मोटेरा भनेर चिनिन्थ्यो ।

गत आईपीएल सिजनमा लखनऊ र गुजरातबाट २ नयाँ टोली थपिएका थिए । दुवै प्लेअफमा पुगेपनि गुजरातले उपाधि जितेर सबैलाई चकित बनाएको थियो । यसपटक पनि करिब सोही खेलाडीसहित टोली प्रतियोगितामा प्रवेश गरेको छ । हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरात उपाधि रक्षा गर्न दबाबमा रहनेछ । टोलीले यो सिजन हालसम्म कुल १६ खेल खेलेको छ (लिग चरण र प्लेअफ), जसमा उसले ११ जित र पाँचमा हार बेहोरेको छ ।

महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्स प्रतियोगिताको सबैभन्दा सफल टोली मध्ये एक हो । टोलीले प्रतियोगितामा मुम्बई (पाँच उपाधि) पछि सबैभन्दा बढी चार पटक उपाधि जितेको छ । १४ सिजन मध्ये १२ पटक प्लेअफ पुगेको चेन्नई १० औं पटक फाइनल खेल्दैछ ।

चेन्नईले यो सिजन हालसम्म खेलेका १५ खेल (लिग चरण र प्लेअफ) मध्ये ९ जित र पाँचमा हार बेहोरेको छ । साथै एक खेल वर्षाका कारण रद्द भएको थियो ।

हेड टु हेडको कुरा गर्ने हो भने दुई टोलीबीच हालसम्म जम्मा चार खेल भएका छन् जसमा गुजरातले तीन पटक र चेन्नईले एक पटक जित हात पारेको छ ।