५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षा बाधक, आईपीएलको फाइनल आजलाई सर्यो



अ+ अ-

एजेन्सी । १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीचको फाइनल आइतबार वर्षाका कारण हुन सकेन ।

अब च्याम्पियनको टुंगो रिजर्भ डे (सोमबार) लाग्नेछ । लगातारको वर्षाका कारण आइतबार टस पनि हुन सकेन । वर्षाले रंगशाला पोखरीमा परिणत भएको थियो ।

अम्पायरले दुवै टोलीका प्रशिक्षक र कप्तानसँग कुराकानी गरेपछि खेल नगर्ने निर्णय गरेका हुन् ।

राति ११ बजे वर्षा रोकिए पनि मैदान खेल्न योग्य बनाउन कम्तिमा एक घण्टा लाग्ने थियो । त्यसपछि खेल भएको भए दुवैले पाँच–पाँच ओभर मात्र खेल्ने थिए । अम्पायरले दुवै टोलीका प्रशिक्षक र कप्तानसँग कुराकानी गरेपछि खेल स्थगित गरेका हुन् ।

अब आज सोमबार रिजर्भ डेमा फाइनल सोही समयमा (साँझ ७ः४५ बजे) खेलाइनेछ । गएराति नौ बजे वर्षा रोकिएको थियो र मैदान लगभग खेल्न योग्य बनाइसकेको थियो तर फेरि पानी परेपछि खेल हुन नसकेको हो ।

लिग इतिहासमा पहिलो पटक दुवै टोली फाइनलमा भिड्दैछन् । गुजरातको यो दोस्रो सिजन मात्र हो, गत वर्ष टोली च्याम्पियन बनेको थियो तर चेन्नई भने समूह चरणबाटै बाहिरिएको थियो ।

नरेन्द्र मोदी स्टेडियम गुजरातको घरेलु मैदान हो । यस खेलमा गुजरातले अहिलेसम्म नौ खेल खेलेको छ जसमा उसले छ जित र तीन हार बेहोरेको छ । अर्कोतर्फ चेन्नईले यस मैदानमा अहिलेसम्म तीन खेल खेलेको छ र तीनवटै हार बेहोरेको छ । नरेन्द्र मोदी स्टेडियम पहिले सरदार पटेल स्टेडियम, मोटेरा भनेर चिनिन्थ्यो ।

गत आईपीएल सिजनमा लखनऊ र गुजरातबाट २ नयाँ टोली थपिएका थिए । दुवै प्लेअफमा पुगेपनि गुजरातले उपाधि जितेर सबैलाई चकित बनाएको थियो । यसपटक पनि करिब सोही खेलाडीसहित टोली प्रतियोगितामा प्रवेश गरेको छ ।

हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरात उपाधि रक्षा गर्न दबाबमा रहनेछ । टोलीले यो सिजन हालसम्म कुल १६ खेल खेलेको छ (लिग चरण र प्लेअफ), जसमा उसले ११ जित र पाँचमा हार बेहोरेको छ ।

हेड टु हेडको कुरा गर्ने हो भने दुई टोलीबीच हालसम्म जम्मा चार खेल भएका छन् जसमा गुजरातले तीन पटक र चेन्नईले एक पटक जित हात पारेको छ ।