• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   रोहितको कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा ★   हार्दिक पाण्ड्यालाई २४ लाख जरिवाना ★   विभिन्न देशका ओलम्पिक खेलाडी विराटनगरमा ★   यी ४ टोली टी–२० विश्वकपको सेमिफाइनल पुग्ने, इंग्ल्याण्डका पूर्व कप्तानले गरे भविष्यवाणी ★   पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि नि:शुल्क गरिने ★   बेलायतमा नेपाली कन्सर्ट हुँदै ★   आमिर खानले छिट्टै शाहरुख–सलमानसँग फिल्म गर्ने ★   दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको लक्ष्य हो: उपप्रमुख डंगोल ★   अष्पष्ट दृष्टिकोण र निराशाजनक भाष्यबीच अस्तव्यस्त कृषि ★   दक्षिणी चीनमा राजमार्ग भासिँदा कम्तीमा १९ जनाको मृत्यु, दर्जनौं घाइते

घरेलु मैदानबाहेक जुनसुकै मैदानमा चेन्नईको खेल हुँदा गुन्जिए धोनी



एजेन्सी । आईपीएल २०२२ को फाइनल खेल चेन्नई सुपर किंग्स र गुजरात टाइटन्स बिच हुँदैछ । चेन्नईका कप्तान महेन्द्र सिंह धोनीको यो अन्तिम खेल पनि हुनसक्छ । ४१ वर्षीय धोनीले आफ्नो आईपीएल करियरको पाँचौं उपाधि जितेर सन्यास लिन सक्नेछन् ।

धोनीका फ्यानहरूले सिजनको सुरुदेखि नै यो कुरा बुझेका थिए र धोनीले यो सिजन जुनसुकै मैदानमा खेले, उनका फ्यानहरू उनलाई बिदाइ गर्न त्यही मैदानमा आएका थिए । कोलकातामा खेलेपछि फ्यानहरू उनलाई बिदाइ गर्न आएपछि धोनी आफैले पनि यो महसुस गरे ।

यस सिजनको आईपीएलको पहिलो खेल चेन्नई र गुजरातबीच अहमदाबादमा भएको थियो । यस खेलमा चेन्नईको जर्सीमा थुप्रै फ्यान आएका थिए भने गुजरातको घरेलु मैदानमा पनि चेन्नईलाई धेरै समर्थन मिलेको थियो । गायक अरिजित सिंहले समेत धोनीको खुट्टा छोए । दोस्रो खेलमा चेन्नईको टोलीले आफ्नो घरेलु मैदानमा खेलेको थियो र ठूलो संख्यामा फ्यानहरू उनीहरूलाई समर्थन गर्न आएका थिए । चेपौक मैदानमा भएको हरेक खेलमा चेन्नईले समर्थन पाउने पक्का थियो तर विपक्षी टोलीको घरेलु मैदानमा पनि चेन्नईले एकतर्फी समर्थन पाएको थियो ।

धोनी कोलकातादेखि जयपुरसम्म जहाँ पनि खेले, उनका फ्यानहरू उनलाई बिदाइ गर्न आएका थिए । यही कारणले गर्दा धोनीले कोलकातामा भावुक बने र आफ्नो करियरका पुराना दिनहरु सम्झिए । आफ्नो करियरको सुरुवातमा धोनी खड़गपुर रेलवे स्टेशनमा काम गर्थे र कोलकाताको मैदानमा मात्र खेल्न आउँथे । धेरै विपक्षी टोलीका कप्तानले पनि यो तथ्यलाई स्वीकार गरे ।

जयपुरको पूरै स्टेडियममा चेन्नईका फ्यानहरू देखेर राजस्थान रोयल्सका कप्तान सञ्जु सामसनले पनि भनेका थिए कि प्रायः यी फ्यानहरूले राजस्थानलाई सपोर्ट गर्छन् तर धोनीका कारण सबैजना चेन्नईको जर्सीमा स्टेडियम पुगेका हुन् ।

मुम्बई इन्डियन्सका ब्याटिङ कोच किरोन पोलार्डले पनि जब सचिन आफ्नो करियरको अन्त्यमा थिए, त्यसबेला मुम्बई टोलीले पनि धेरै समर्थन पाएको बताउँछन् । पोलार्ड त्यो टोलीका सदस्य थिए । उनले प्रत्येक मैदानमा धोनीलाई बिदाइ गर्न फ्यान आउने गरेको पनि बताए ।

धोनी अहिले आइपीएलमा मात्रै खेलिरहेका भए पनि उनले भारतीय टोलीका लागि चमत्कार गरेर फ्यानमाझ ठाउँ बनाएका छन् । आईपीएल सुरु हुनुअघि नै धोनी सुपरस्टार र विश्वकप विजेता बनेका थिए । उनले एकदिवसीय विश्वकप जिते । उनले भारतीय टोलीलाई टेष्ट वरीयताको शीर्ष स्थानमा पुर्याए र च्याम्पियन्स ट्रफी पनि जिते । उनले कोरोनाको समयमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।

उनलाई मैदानमा फ्यानहरुले बिदाइ दिन सकेनन् । गत सिजन धोनीले आफ्नो अन्तिम खेल चेन्नईमा खेल्ने बताएका थिए । यही कारणले यो वर्ष उनलाई बिदाइ गर्न फ्यानहरु आएका थिए । तर, धोनीले सन्यास लिनेबारे अहिलेसम्म निर्णय गरेका छैनन् । उनले आईपीएल २०२४ को लिलामी अघि यसबारे निर्णय लिनेछन् ।