५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

उज्बेकिस्तानलाई हराउँदै नेपाल तेस्रो



अ+ अ-

काठमाडौँ । काभा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत नेपाल उज्बेकिस्तानलाई हराउँदै तेस्रो भएको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्ड हलमा आइतबार भएको खेलमा नेपालले उज्बेकिस्तानलाई ३–१ को सेटले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो ।

तेस्रो स्थानका लागि भएको खेलमा पहिलो सेट उज्बेकिस्तानले जितेको थियो । उज्बेकिस्तानले नेपाललाई २५–२० अंकले हराएको थियो ।

त्यसपछि नेपालले उज्बेकिस्तानविरुद्ध लगातार २५–१६, २५–१५ र २५–१३ अंकले तीन सेट जित्यो ।

यसअघि सेमिफाइनलमा नेपाल काजखस्तानसँग पराजित भएको थियो । उपाधिका लागि आज साँझ भारत र काजखस्तान प्रतिस्पर्धा गर्दैछन् ।