• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   दाहाल नेतृत्वको वर्तमान सरकारलाई निरन्तरता दिन एमाले तयार छः शंकर पोखरेल ★   स्याङ्जामा आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु ★   ‘पुजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक, प्रमुख कलाकारले गरे कौडा नृत्य ★   धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुन जेल चलान ★   फास्ट ट्रयाक समयमै सम्पन्न गर्न राज्य व्यवस्था तथा सुशासन समितिको सरकारलाई निर्देशन ★   वर्तमान सत्ता गठबन्धन अविश्वासको बोझले छिटै पतन हुन्छः काँग्रेस ★   कोशी प्रदेशः सङ्कल्प प्रस्ताव बहुमतले पारित ★   प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’ ★   केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु ★   पाकिस्तानमा वर्षाका कारण ७१ जनाको मृत्यु, ६७ घाइते

२०१५ यता कुनै पनि आईपीएल फाइनल हारेका छैनन् हार्दिक



एजेन्सी । आईपीएल २०२३ को फाइनल खेल आज गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीच हुँदैछ । खेल साँझ ७ः४५ बजे सुरु हुनेछ । टस त्यसको आधा घण्टा अगाडि अर्थात् साँझ सवा ७ बजे हुनेछ ।

एकातिर हार्दिक पाण्ड्याको नेतृत्वमा गुजरात बलियो टोलीको रूपमा उभिएको छ भने अर्कोतर्फ आईपीएल फाइनल खेल्ने धेरै अनुभव भएका महेन्द्र सिंह धोनी छन्, जसले त्यो दबाबलाई कसरी सम्हाल्ने भनेर जान्दछन् । यस्तो अवस्थामा उपाधिका लागि दुई टोलीबीच कडा प्रतिस्पर्धा हुनसक्छ ।

गुजरातको टोलीले पहिलो पटक आईपीएल २०२२ मा खेलेको थियो र यसको पहिलो सिजनमा हार्दिकको नेतृत्वमा टोली च्याम्पियन बनेको थियो । अर्थात् आईपीएलको फाइनल जित्ने उसको शतप्रतिशत रेकर्ड छ । हार्दिकले गत सिजन युवा टोलीमा जीवन भरेका थिए र यो सिजन पनि उनले त्यसको फाइदा उठाएका छन् । जसका कारण फेरि एकपटक गुजरातको टोली फाइनलमा पुगेको छ । अघिल्लो पटक जस्तै गुजरात यस सिजन पनि २० अंकसहित लिग राउण्डमा अंक तालिकाको शीर्ष स्थानमा रह्यो ।

गुजरातसँग शुभमन गिल र ऋद्धिमान साहाजस्ता खेलाडीहरू छन् जसले आवश्यक पर्दा टोलीलाई जित दिलाउन सक्छन् । सन् २०१४ को आईपीएल फाइनलमा साहाको शतक कसले बिर्सन सक्छ र । यसबाहेक क्याप्टेन हार्दिक पाण्ड्या आफैं गुजरातका एक्स–फ्याक्टर हुन् । हार्दिकले सन् २०१५ मा मुम्बई इन्डियन्सबाट आईपीएलमा डेब्यू गरेका थिए । त्यसयता उनले आईपीएलको फाइनलमा हारेका छैनन् ।

मुम्बई सन् २०१५ मा च्याम्पियन बनेको थियो । यसपछि २०१७, २०१९ र २०२० मा पनि मुम्बई फाइनलमा पुगेर उपाधि जित्न सफल रह्यो । २०२२ मा हार्दिक गुजरात टीममा सामेल भए । त्यसपछि पनि गुजरातको टोली फाइनलमा पुग्यो र उपाधि जित्यो । यस्तो अवस्थामा हार्दिकले फेरि एकपटक आफ्नो टोलीलाई च्याम्पियन बनाउने प्रयास गर्नेछन् र आफ्नो रेकर्ड कायम राख्न चाहन्छन् ।

यी दुईबीच अहमदाबादमा एक खेल भएको छ । यस सिजनको पहिलो खेलमा गुजरातले चेन्नईलाई आफ्नो घरेलु मैदानमा ५ विकेटले पराजित गरेको थियो । यसबाहेक अहमदाबादमा शुभमन गिलको कीर्तिमान ठूलो छ । उनले यस मैदानमा ११ टी–२० इनिङ्समा ७८.३७ को औसत र १५५.५८ को स्ट्राइक रेटमा ६२७ रन बनाएका छन् । जसमा तीन अर्धशतक र दुई शतक सामेल छन् । अहमदाबादमा भएको टी–२० मा १२६ रन उनको उत्कृष्ट स्कोर हो ।