• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   ‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र ★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली

ऋतिक रोशनले जिते उत्कृष्ट अभिनेताको अवार्ड



एजेन्सी । आइफा २०२३ अवार्ड अन्तर्गत ऋतिक रोशनले चलचित्र ‘विक्रम वेधा’का लागि उत्कृष्ट अभिनेताको उपाधि जितेका छन् । शनिबार अबु धाबीमा भएको अवार्ड समारोहको संचालन विक्की कौशलले गरेका थिए । ऋतिकले अवार्ड जितेपछि विक्कीले उनलाई स्टेजमा नाच्न आग्रह गरे ।

यसपछि ऋतिक रोशनले फिल्म ‘कहो ना प्यार है’को गीत ‘एक पल का जीना’ मा स्टेजमा आफ्नो हुक स्टेप देखाए । यससँग सम्बन्धित भिडियो पनि सामाजिक सञ्जालमा बाहिर आएको छ ।

अवार्ड पाएपछि ऋतिक रोशनले छोटो मन्तव्य दिएका थिए । उनले भने – ‘वेधाको सुरुवात अबुधाबीमा नै भएको थियो । मैले यस फिल्मका लागि पहिलो शट यहाँ दिएँ । मलाई वेधासँगको मेरो जीवन जहाँ सुरु भयो त्यहीँ फर्किएजस्तो लाग्छ । वेधाले मलाई मेरो व्यक्तित्वको त्यो पक्ष देखाएको छ जसको बारेमा म आफै अनभिज्ञ थिएँ ।’

आइफा २०२३ मा गंगुबाई काठियावाडीका लागि आलिया भट्टले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन् । योसँगै अनिल कपूरले फिल्म ‘जुग जुग जियो’का लागि ‘बेस्ट एक्टर इन सपोर्टिङ रोल’को अवार्ड जिते । यस्तै, कमल हसनले ‘आउटस्ट्यान्डिङ अचिभमेन्ट इन इन्डियन सिनेमा’ अवार्ड पाएका छन् ।